केही स्थानमा भारी वर्षाको सम्भावना

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

गगन थापा – सार्वजनिक सेवा प्रसारण संस्था

गगन थापा – सार्वजनिक सेवा प्रसारण संस्था

शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय

शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय

स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाक उद्योगको विकास र प्रर्वद्धनमा प्रधानमन्त्रीको प्रतिवद्धता

स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाक उद्योगको विकास र प्रर्वद्धनमा प्रधानमन्त्रीको प्रतिवद्धता

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको सुनुवाइ साउन १२ र १३ गते हुने

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको सुनुवाइ साउन १२ र १३ गते हुने

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर