अधिकारीको नयाँ कृति ‘टेढो नजर’ बजारमा

अधिकारीको नयाँ कृति ‘टेढो नजर’ बजारमा




काठमाडौँ- हास्यव्यङ्ग्य साहित्यमा कलम चलाउँदै आउनुभएका साहित्कार ठाकुरप्रसाद अधिकारीको नयाँ कृति बजारमा आएको छ ।

अधिकारीको नयाँ हास्यव्यङ्ग्य कृति ‘टेढो नजर’ हालसालै मात्र बजारमा आएको हो तर यसको औपचारिक विमोचन हुन भने बाँकी छ ।

लामो समयदेखि व्यङ्ग्य विधामा तल्लिन अधिकारीले समाजका विद्यमान विकृति र विसंगतिलाई हास्य निबन्धमार्फत ‘टेढो नजर’ मा उजागर गर्न खोजेका छन । यो कृतिमा अधिकारीका २० वटा निबन्धहरु संग्रहित छन ।

आफू लामो समय कृषि विकास बैंकमा काम गर्दा पनि साहित्य विधामा रुची भएको तर समय अभावका कारण लेखनमा उत्रन नसकेको भन्दै अधिकारीले सेवा निबृत्त भएपछि समयको सदुपयोग गर्दै नयाँ कृति बजारमा ल्याएको बताएका छन ।

आफ्ना परिवारका सदस्यहरुसँग केही समय अष्ट्रेलिया बस्ने क्रममा नै निवन्धहरु लेखेको उनले सुनाए ।

विदेशमा बसेर निबन्ध लेख्दा पनि आफ्नो मानसपटलमा नेपालकै परिदृष्य, वातावरण र परिवेश सरक्क ओर्लन नछाडेको अनुभव सुनाउँदै अधिकारीले आफ्नो हास्यव्यङ्ग्य साहित्यमा रुची जगाउने काम भने फित्कौली अनलाइनले गरेको उल्लेख गरे ।

अधिकारीका रोएको बाटो- कविता संग्रह, समयको आवाज-संस्मरण संग्रह र बेसारे घुर्की-हास्यव्यङ्ग्य निबन्ध संग्रह यसअघि नै प्रकाशित भइसकेका छन ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

केही स्थानमा भारी वर्षाको सम्भावना

केही स्थानमा भारी वर्षाको सम्भावना

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

अधिकारीको नयाँ कृति ‘टेढो नजर’ बजारमा

अधिकारीको नयाँ कृति ‘टेढो नजर’ बजारमा

शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय