सांसदहरूले स्वकीय सचिव राख्‍न पाउने, यस्तो छ सुविधा

सांसदहरूले स्वकीय सचिव राख्‍न पाउने, यस्तो छ सुविधा

काठमाडौं -सांसदहरूले स्वकीय सचिव राख्ने पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सूचना अनुसार अनुसार संघीय संसदका सदस्यहरूले रा.प. तृतीय श्रेणीको स्वकीय राख्न पाउनेछन् ।

यस्तै सभामुख र राष्ट्रियसभा अध्यक्षले रा.प.प्र सरहको प्रमुख स्वकीय सचिव १ जना राख्न पाउने व्यवस्था गरिएको छ । यस्तै स्वकीय द्वितीय श्रेणी र तृतीय श्रेणीको गरी दुई जना राख्न पाउनेछन् ।

विपक्षी दलको नेता, उपसभामुख, उपाध्यक्ष, प्रमुख सचेतकहरू र सभापतिले पनि द्वितीय श्रेणीको स्वकीय राख्न पाउने व्यवस्था लागू भएको हो ।

उनीहरूले सुरु स्केल अनुसारको तलब मात्र पाउने उल्लेख गरिएको छ । स्वकीय सचिवालयका कर्मचारीले ऐनअनुसार प्राप्त गर्ने पारिश्रमिक बैंक खातामा उपलब्ध गराइने राजपत्रमा उल्लेख छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

केही स्थानमा भारी वर्षाको सम्भावना

केही स्थानमा भारी वर्षाको सम्भावना

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

अधिकारीको नयाँ कृति ‘टेढो नजर’ बजारमा

अधिकारीको नयाँ कृति ‘टेढो नजर’ बजारमा

शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय