बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरेको छ । यससँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको छ ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नदीमा पानीको बहाव बढेर बाढी जोखिमको अवस्था आएमा आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताउनुभयो । जल तथा मौसम विज्ञान विभागका बाढीविद् बिनोद पराजुलीले जलप्रवाहको निरन्तर निगरानी भएको र २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जानकारी दिनुभयो ।

प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी थालको छ । प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । साथै, सर्वसाधारणलाई यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न प्राधिकरणको अनुरोध छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

राष्ट्रिय विपद् परिषद्को बैठक जारी – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रिय विपद् परिषद्को बैठक जारी – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो