यी २३ जिल्लामा अत्यधिक वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

यी २३ जिल्लामा अत्यधिक वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको छ।

वर्षाका कारण २३ भन्दा बढी जिल्लामा बाढीको उच्च जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।प्राधिकरणका अनुसार पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा उच्च जोखिममा रहेका छन्।

यी जिल्लामा रातिको सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई प्राधिकरणले आग्रह गरेको छ।अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र नदी कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।प्राधिकरणका प्रवक्ता शान्ति महत ले तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिनुभयो।

साथै जोखिमयुक्त राजमार्ग तथा सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न र पूर्वसूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।

प्राधिकरणले नदी तथा खोलाको तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान र खोला किनारका बस्तीका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गर्दै विपद्सम्बन्धी सूचना तथा आपत्कालीन सहयोगका लागि सम्बन्धित निकायका हटलाइन सेवाको उपयोग गर्न अनुरोध गरेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाढीपहिरोले छ राजमार्ग अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

बाढीपहिरोले छ राजमार्ग अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

यी २३ जिल्लामा अत्यधिक वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

यी २३ जिल्लामा अत्यधिक वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

कम्युनिस्ट आन्दोलन र समाजवादी सहकार्यबारे गहन छलफल

कम्युनिस्ट आन्दोलन र समाजवादी सहकार्यबारे गहन छलफल

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमन

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमन

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

नागरिक अगुवा पाण्डेको अन्त्येष्टि – सार्वजनिक सेवा प्रसारण संस्था

नागरिक अगुवा पाण्डेको अन्त्येष्टि – सार्वजनिक सेवा प्रसारण संस्था

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत