सेयर बजार र उद्यम प्रवर्द्धनमा सहजीकरण गर्न प्रधानमन्त्रीको सुझाव

सेयर बजार र उद्यम प्रवर्द्धनमा सहजीकरण गर्न प्रधानमन्त्रीको सुझाव

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाउनुभएको छ ।

प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल राष्ट्र बैङ्कका गभर्नर विश्वनाथ पौडेलसँग छलफल गर्दै मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवद्र्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझावहरू दिनुभएको छ ।

करिब एक घण्टासम्म चलेको उक्त छलफलमा प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैङ्क दुवैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास व्यक्त गर्नुभयो । भेटका क्रममा प्रधानमन्त्री शाहले पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैङ्कले अभिभावकीय भूमिका खेल्नुपर्नेमा विशेष जोड दिनुभयो ।

मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानहरूलाई खुकुलो पार्दै सेयर बजारमा लगानी गर्ने वातावरणलाई थप सहज र उत्साहजनक बनाउन सुझाव दिँदै प्रधानमन्त्री शाहले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औँल्याउनुभयो । मुलुकभित्रै उद्योग, व्यवसाय र रोजगारी सिर्जना गर्न चाहने साना तथा ठूला उद्यमीहरूलाई बिनाकुनै त्रास सहज रूपमा लगानी गर्ने वातावरण सुनिश्चित गर्न र बैङ्कहरूको ब्याजदर एवं कर्जा प्रवाहका सर्तहरूलाई उद्यममैत्री बनाउन प्रधानमन्त्री शाहले आग्रह गर्नुभयो ।

यसका साथै, नेपालको जगैदेखिको आर्थिक विकासका लागि महिला उद्यमीहरू र आर्थिकसामाजिक रूपमा पछाडि परेका क्षेत्रका व्यवसायीहरूलाई कर्जा सहुलियतमा विशेष प्राथमिकता दिई उहाँहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी मौद्रिक उपकरणहरू परिचालन गर्नुपर्ने प्रधानमन्त्री शाहको भनाइ थियो ।

छलफलमा गभर्नर पौडेलले राष्ट्र बैङ्क आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउन प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो ।

उहाँले सरकार र राष्ट्र बैङ्क दुवैको साझा लक्ष्य अर्थतन्त्रलाई गति दिनु नै भएको स्पष्ट पार्दै राष्ट्र बैङ्कले कसैलाई पनि अप्ठ्यारो पार्ने वा त्रसित बनाउने नीति नलिने दृढता व्यक्त गर्नुभयो ।

सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई राष्ट्र बैङ्कले नीतिगत रूपमा पूर्ण रूपमा सहजीकरण गर्ने र मुलुकको समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गभर्नर पौडेलको प्रतिबद्धता थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

मिटरब्याज पीडितसँग वार्ता गर्न ५ सदस्यीय वार्ता टोली गठन

मिटरब्याज पीडितसँग वार्ता गर्न ५ सदस्यीय वार्ता टोली गठन

सेयर बजार र उद्यम प्रवर्द्धनमा सहजीकरण गर्न प्रधानमन्त्रीको सुझाव

सेयर बजार र उद्यम प्रवर्द्धनमा सहजीकरण गर्न प्रधानमन्त्रीको सुझाव

सार्वजनिक सेवा प्रसारण (पिएसबी)को सञ्चालक समितिमा बस्न्यात र रिसाल मनोनित

सार्वजनिक सेवा प्रसारण (पिएसबी)को सञ्चालक समितिमा बस्न्यात र रिसाल मनोनित

पुराना सबै स्मार्ट लाइसेन्स छापेर सकियो, नयाँ २४ घण्टाभित्रै छापिने

पुराना सबै स्मार्ट लाइसेन्स छापेर सकियो, नयाँ २४ घण्टाभित्रै छापिने

युद्धविरामबीच गाजामा इजरायली आक्रमण जारी

युद्धविरामबीच गाजामा इजरायली आक्रमण जारी

काठमाडौँमा पानी परेसँगै केही सडक र बस्ती जलमग्न

काठमाडौँमा पानी परेसँगै केही सडक र बस्ती जलमग्न