गोठ भत्किँदा च्यापिएर एक जनाको मृत्यु

गोठ भत्किँदा च्यापिएर एक जनाको मृत्यु




हिमलाल न्यौपाने, स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिका–६ बनपालेमा गोठ भत्किँदा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहान आफ्ना पशुचौपायालाई दाना–पानी खुवाउन गोठमा गएका ६५ वर्षीय धनबहादुर रेस्मी गोठ भत्किँदा च्यापिएका थिए । स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि प्रयास गरे पनि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

केही दिनअघि सोही क्षेत्रमा आएको बाढीले दुई घर र एक विद्यालयमा समेत क्षति पुर्‍याएको थियो । स्थानीयवासीका अनुसार निरन्तरको वर्षापछि कमजोर बनेको संरचना भत्किँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

घटनाको अवस्थाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

गोठ भत्किँदा च्यापिएर एक जनाको मृत्यु

गोठ भत्किँदा च्यापिएर एक जनाको मृत्यु

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री