Wednesday, 11 November 2026
ब्रेकिङ
समाचार

भारतको सहयोगमा सोलुखुम्बुमा गुम्बा निर्माण सुरु

भारतको सहयोगमा सोलुखुम्बुमा गुम्बा निर्माण सुरु




काठमाडौँ – भारतको सहयोगमा सोलुखुम्बुमा गुम्बा निर्माण सुरु गरिएको छ । जिल्लाको लिखु पिके गाउँपालिकामा निर्माण सुरु गरिएको ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको शिलान्यास गरिएको हो।

गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा गुम्बा भवनको शिलान्यास गर्नुभयो।

भारत सरकारको करिब ३ करोड ३० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त गुम्बा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुनेछ।

परियोजना लिखु पिके गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ। यो सोलुखुम्बु जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालन हुने छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ गुम्बा भवनले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल र भारतबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउँदै यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाले स्थानीय पूर्वाधार निर्माण, सांस्कृतिक संरक्षण तथा समग्र विकास र समृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Source link

तपाईंको प्रतिक्रिया