देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर- देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म ६० प्रतिशत रोपाइँ भएको भए पनि यस वर्ष ५० प्रतिशत मात्र रोपाइ सम्पन्न भएको जानकारी दिनुभयो ।

प्रदेशगत रूपमा सबैभन्दा बढी सुदूरपश्चिममा ८७ प्रतिशत रोपाइँ भएको छ । त्यसपछि गण्डकीमा ६५ दशमलव नौ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमतीमा ५७ दशमलव एक प्रतिशत रोपाइँ भएको छ । कोशीमा ३२ प्रतिशत र मधेसमा ३२ दशमलव सात प्रतिशत मात्रै रोपाइँ भएको विभागले जनाएको छ ।

देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाइँ अझ बढ्ने विभागको अपेक्षा छ । बाढी, पहिरो वा अन्य प्राकृतिक विपद् नआएमा रोपाइँ अझै तीव्र हुने विभागले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

इरानमाथि अमेरिकी आक्रमण तीव्र – सार्वजनिक सेवा प्रसारण संस्था

इरानमाथि अमेरिकी आक्रमण तीव्र – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधि सभा बैठक साउन १४ गतेसम्म स्थगित,जनतासँग निरन्तर संवाद गर्न सांसदहरुलाई सभामुखको आग्रह

प्रतिनिधि सभा बैठक साउन १४ गतेसम्म स्थगित,जनतासँग निरन्तर संवाद गर्न सांसदहरुलाई सभामुखको आग्रह

आईटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने

आईटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने

नेपाल–भारत ऊर्जा सहकार्य बैठक सम्पन्न, प्रसारण लाइन र विद्युत् व्यापारलाई तीव्रता दिने सहमति

नेपाल–भारत ऊर्जा सहकार्य बैठक सम्पन्न, प्रसारण लाइन र विद्युत् व्यापारलाई तीव्रता दिने सहमति