अधिकांश स्थानमा मध्यमसम्मको वर्षा – सार्वजनिक सेवा प्रसारण संस्था

अधिकांश स्थानमा मध्यमसम्मको वर्षा – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई, कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बुधबारदेखि खाना पकाउने ग्यासको भरि सिलिन्डर बजारमा पठाइने 

बुधबारदेखि खाना पकाउने ग्यासको भरि सिलिन्डर बजारमा पठाइने 

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ४ बर्ष र गृहमन्त्री खाँडलाई २ बर्ष कैद

पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ४ बर्ष र गृहमन्त्री खाँडलाई २ बर्ष कैद

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा विगतमा गठन भएका आयोगका प्रतिवेद कार्यान्वयमा लैजाने

अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा विगतमा गठन भएका आयोगका प्रतिवेद कार्यान्वयमा लैजाने

इयुको सदस्यताका लागि दोश्रो पटकको वार्तामा युक्रेन

इयुको सदस्यताका लागि दोश्रो पटकको वार्तामा युक्रेन

आकस्मिक बाढीको जोखिम यी जिल्लाहरु,सतर्कता अपनाउन आग्रह

आकस्मिक बाढीको जोखिम यी जिल्लाहरु,सतर्कता अपनाउन आग्रह