अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ– स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा आज भएको खेलमा स्विट्जरल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेल र लाउटारो मार्टिनेजले आफ्नो टोलीलाई एकएक गोलको योगदानबाट सेमिफाइनमा पुर्याएका हुन् ।
खेलको १०औँ मिनेटमा एलिस्टरले हेड गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६७औँ मिनेटमा स्विटजरल्यान्डका  डान एनडोयेले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।
खेलको ७२औँ मिनेटदेखि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयोे । ब्रेल एम्बोलोले दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित बनेको हो ।
खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीको समान गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो । खेलको ११२औँ मिनेटमा अल्भारेलले गोल गर्दै अर्जेन्टिनाको अग्रता कायम गरे । त्यसपछिको अतिरिक्त समयमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई विजयी  बनाए ।  अब अर्जेन्टिना फाइनल प्रवेशका लागि इङल्यान्डसँग खेल्नेछ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

क्यानडामा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

क्यानडामा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति