मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रलाई  व्यवस्थित गरी उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

वार्षिक करिब दुई लाख पर्यटक केन्द्रको भ्रमणमा आउने गरेकाले यसलाई अझ व्यवस्थित गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।

केन्द्रको निरीक्षणपछि मन्त्री चौधरीले धेरैभन्दा धेरै पर्यटकलाई आकर्षित गर्न केन्द्रलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । त्यसका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने  उहाँको भनाइ थियो ।

मन्त्री चौधरीले केन्द्रमा कार्यरत कर्मचारीका सेवासुविधा तथा स्थायी नियुक्तिसम्बन्धी समस्याबारे पनि जानकारी लिनुभयो ।

उहाँले प्रजनन केन्द्र तथा निकुञ्ज क्षेत्रमा रहेका हात्तीको पालनपोषण र व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिनुभयो । हाल केन्द्रमा नौ वटा ढोई र सात वटा छावा छन् ।  यहाँका छावालाई हुर्काएर तालिम दिई विभिन्न कार्यमा परिचालन गर्ने गरिएको छ । निकुञ्जमा एउटा हात्तीको स्याहारका लागि तीन जनाको दरबन्दी छ ।

त्यसअघि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनले केन्द्रको अवस्था तथा समस्याबारे  मन्त्री चौधरीलाई जानकारी दिनुभएको थियो ।

यसैगरी, मन्त्री चौधरीले असार २० गते भरतपुर महानगरपालिका–२३ मा जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएका २१ वर्षीया आशिका बोटे र उहाँका चार वर्षीय छोरा भरत बोटेका अभिभावकसँग भेट गर्नुभयो ।

मन्त्री चौधरीले माडी नगरपालिका–१ सेरुवाका बाघको आक्रमणबाट घाइते भई अपाङ्ग हुनुभएका सूर्य महतो तथा सोही वडाका गैँडाको आक्रमणबाट घाइते हुनुभएका मङ्गले बोटेसँग पनि भेट गर्नुभयो ।

उहाँहरूलाई जीविकोपार्जनका लागि प्रतिव्यक्ति रु पाँच लाखका दरले आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिँदै मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

–––

Source link

संबधित खबर

धेरै पढ़िएको

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

सगरमाथा आरोही संघमा नयाँ नेतृत्व

सगरमाथा आरोही संघमा नयाँ नेतृत्व