पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका– ९ फल्लेघरमा शनिबार बिहान सडक माथिदेखि झरेको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन् । शुक्रबार साँझ नै ढोरपाटन पुगे पर्यटक फर्किन पाएका छैनन् भने बिदामा घुम्न हिँडेका पर्यटक फल्लेघरमै अलपत्र परेका हुन् ।

मेसिन प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा धेरै यात्रु सडकमै अलपत्र परेको उहाँको भनाइ छ ।

त्वातीले भन्नुभयो, “बिहानदेखि सडक अवरुद्ध छ, अहिलेसम्म खुलेको छैन, सडक नखुल्दा ढोरपाटन जाने र फर्किने यात्रु समस्यामा परेका छन्, यद्यपि सडक खुलाउनका लागि मेसिन भने प्रयोग भइरहेको छ ।” ढोरपाटन घुम्न आउने पर्यटकलाई मौसम र सडकको अवस्था बुझेर मात्रै आउन उहाँले आग्रह गर्नु भयो । यो याममा ढोरपाटन आउने पर्यटकको घुइँचो नै लाग्ने गर्छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

काठमाडौंको बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको विर अस्पतालको उपचार हुँदै

काठमाडौंको बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको विर अस्पतालको उपचार हुँदै

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा तुलाधर

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा तुलाधर

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

बझाङको सुँगरेमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, १२ जना घाइते

बझाङको सुँगरेमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, १२ जना घाइते

बजारमा कृत्रिम अभाव देखिए तत्काल खबर गर्न कृषि मन्त्री चौधरीको आग्रह

बजारमा कृत्रिम अभाव देखिए तत्काल खबर गर्न कृषि मन्त्री चौधरीको आग्रह