कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा तुलाधर

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा तुलाधर

काठमाडौँ– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा जानकीकुमारी तुलाधरले सम्हाल्नुभएको छ ।

यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डा तुलाधरलाई सो जिम्मेवारी सरेको हो ।

आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो । पाँच सदस्यीय हुने आयोगका हाल आयुक्त डा तुलाधर र आयुक्त सगुनशमशेर जबरा कायम हुनुहुन्छ ।

तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको २०८२ वैशाख ५ गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको २०७९ फागुन ४ गते कार्यकाल सकिएको थियो ।

संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वानसहित सुनुवाइ प्रक्रिया सुरु गरेको छ । संवैधानिक परिषद्ले मानबहादुर कार्र्की (मोरङ) लाई प्रमुख निर्वाचन आयुक्त तथा डा राजीव सुब्बा (काठमाडौँ) र गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा तुलाधर

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा तुलाधर

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

बझाङको सुँगरेमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, १२ जना घाइते

बझाङको सुँगरेमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, १२ जना घाइते

बजारमा कृत्रिम अभाव देखिए तत्काल खबर गर्न कृषि मन्त्री चौधरीको आग्रह

बजारमा कृत्रिम अभाव देखिए तत्काल खबर गर्न कृषि मन्त्री चौधरीको आग्रह

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको भनाइ

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको भनाइ

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर