बाझाङ-– बझाङ जिल्लामा जीप दुर्घटना हुँदा तीन जानाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
केदारस्युँ गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमानामा पर्ने कांडाचौर बाट चुवापन आईरहेको जिप सुँगरे भन्ने ठाउँमा दुर्घटना हुदा तीन जना काे घटनास्थलमै मृत्यु भएको छ। १२ जना गम्भीर घाइते भएका छन् ।
आज दिउँसो करिब ३ बजेको समयमा केदारस्यूँ गाउँपालिका–७ बाट दुर्गाथली गाउँपालिका–६ चुवाबनतर्फ जाँदै गरेको से १ च २४४४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।
चालक देव बहादुर धामीले चलाएको उक्त जिप सडकबाट करिब २५० मिटर तल खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्गाथली गाउँपालिका–६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दुर्गाथली–६ च्वाबनकी केला देवी धामी, सोही स्थानका चक्र महत तथा केदारस्यूँ गाउँपालिका–७ की बिमला देवी धामी रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते हुनेमा चालक देव बहादुर धामी, झल्का महत, जयमती महत, धनशेर जाग्री, नबराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देव बहादुर जाग्री, बिरु जाग्री र राय महत रहेका छन्।
वडाध्यक्ष महतका अनुसार जीपमा १६ जना सवार रहेको अनुमान गरिएको छ। दुर्घटनापछि स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको छ भने प्रहरी टोली पनि घटनास्थलतर्फ गएको छ। घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

