गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

ढोरपाटन (बागलुङ)- हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङको तल्लो क्षेत्रमा निकै गर्मी छ । जसका कारण समुन्द्री सतहदेखि तीन हजार २०० मिटरको उचाइमा रहेको रिगताल क्षेत्रमा सितल छ । यहाँ पुस माघ महिनाको जस्तो चिसो सिरेटो चिलिनै रहन्छ । गर्मी छल्न आन्तरिक पर्यटक दिनहुँ यहाँ पुग्छन् ।

उच्च पहाडी हावापानी, शान्त वातावरण र प्राकृतिक सुन्दरताको रसास्वादन गर्न आउने पर्यटकका कारण रिग क्षेत्रमा चहपहल बढेको हो । बर्खा याममा फूलेका भुइँफूल र अहिया पालुवाले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्ने गरेको छ । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने रिग ताल एक दशक अगाडिसम्म ओझेलमा थियो । तर पछिल्लो समय प्रचारप्रसार हुँदा पर्यटक आकर्षणको केन्द्र बनेको हो ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको नजिकै पर्ने रिग क्षेत्रमा प्रकृतिसँगै गोठाले जनजीवन, हजारौँ संख्याका वस्तुभाउ र वन्यजन्तुसँग रमाउन आउनेको संख्या बढी छ । बागलुङ, रोल्पा र पूर्वी रुकुम जिल्लाको सङ्गम स्थल पातीहाल्नेदेखि १५ मिनेटको पैदल यात्रामा पुग्न सकिने रिगतालसम्म सडक पनि पुगेको छ । जसले पर्यटकलाई सवारी साधानमै तालसम्म पुग्न सहज बनाएको छ ।

पछिल्लो सात वर्षमा रिग ताल क्षेत्रमा आउने पर्यटकको सङ्ख्या ह्वातै बढेको निसीखोला गाउँपालिका–६ का पूर्णबहादुर घर्ती मगरले बताउनुभयो । पहिले गोठालाले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको रिगतालमा अहिले दैनिक पर्यटक आउने गरेका छन् । असारको पहिलो सातादेखि नै दैनिक एक सयभन्दा बढी पर्यटक रिग क्षेत्रमा आउने गरेको घर्ती मगरले सुनाउनुभयो ।

उहाँले भन्नुभयो– “सडकको विकासले गोठाला बस्ने ठाउँमा पर्यटक आउन थाले, पहिले त निसी, भल्कोट गाउँका गोठालाहरु भेडाबाख्रा, गाईभैँसी लिएर बर्खा भरि बस्ने ठाउँ हो, तर अहिले रिग डाँडाभरी मान्छेहरुको भिड लाग्छ, ठाउँ पनि राम्रो छ ।”

अरु बेलाभन्दा बिदाको दिन ५०० बढी पर्यटक रिग तालमा आउने गरेका घर्तीले जानकारी दिनुभयो । पर्यटकले गोठमै आएर दूध, दही र घ्यूसमेत खरिद गर्दा आम्दानी राम्रो हुने गरेको बताउनुभयो । पर्यटकले प्लास्टिकका बोटल, बियरका सिसा र अन्य प्लास्टिकजन्य फोहोर जथाभावी गर्ने गरेको उहाँले गुनासो गर्नुभयो ।

खासगरी बुटवल, दाङ, नेपालगञ्ज, चितवन, भैरहवा लगायतका ठाउँबाट पर्यटकहरु गर्मी छल्न यतिबेला रिगताल आउने गरेका छन् । नेपालगञ्जबाट घुम्न आउनुभएका रितेश ताम्राकारले तराईमा निकै गर्मी बढेको हुँदा एक साता सितल खोज्दै पहाड उक्लिएको बताउनुभयो । पहाड आएको समयमा चौरीखर्क, ढोरपाटन, निसेलढो र रिगतलामा घुमेको उहाँले सुनाउनुभयो ।

“तराईमा निकै गर्मी बढेको छ, यहाँको जस्तो सितल हावा पाउन त निकै गाह्रो पर्छ, यहाँको हावापानी धेरै राम्रो रहेछ, एकैछिन बस्यो भने जाडोले काप्ने अवस्था आउँछ,” उहाँले भन्नुभयो– “गर्मी महिनाभरि यतै बसौँ जस्तो लाग्यो ।”

भैरहवाका प्रवेश पौडेलले पहाड घर गुल्मी आएको बेला साथीहरुसँग रिगताल घुम्न आएको बताउनुभयो । भैरहवामा अत्यधिक गर्मी बढेको सुनाउँदै उहाँले रिगताल आएपछि यहाँको प्रकृति र हावापानीसँग रमाउँदै आनन्द आएको बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा – सार्वजनिक सेवा प्रसारण संस्था

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा – सार्वजनिक सेवा प्रसारण संस्था

नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग

नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग

सर्लाही गौडेताका विवेक मण्डलले गरे पेट्रोल छर्केर आत्मदाहको प्रयास

सर्लाही गौडेताका विवेक मण्डलले गरे पेट्रोल छर्केर आत्मदाहको प्रयास