काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता

काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता

काठमाडौँ- नेपाली काँग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्थाहरु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।

काँग्रेसले शुक्रबार दर्ता गरेको रिटमाथी संवैधानिक इजलाशमा छलफल गर्न अदालतले आगामी ३१ गतेका लागि पेशी पनि तोकेको छ ।

संविधानसँग बाझिने गरी नियमावलीलाई ऐनभन्दा माथी राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम १४० (११), २५९ संविधानको धारा २७४(८)सँग बाझिएकोले खारेज गर्न काँग्रेसले रिटमा माग दावी गरेको छ ।

राष्ट्रिय सभामा काँग्रेसको संसदीय दलका नेता कमलादेवी पन्त, प्रमुख सचेतक पदम वहादुर परियार, प्रतिनिधि सभाको संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक बासना थापाले रिट दर्ता गर्नु भएको हो ।
काँग्रेसलगायतका दलहरुले विरोध र नारावाजी गर्दागर्दै गत जेठ १७ गते वहुमतका आधारमा पारित गरिएको प्रतिनिधि सभा नियमावली २०८३ मा काँग्रेसले त्यति बेला नै आपत्ति जनाएको थियो ।

काँग्रेसले नियमावलीको मस्यौदामा रहेका कतिपय प्रावधानमा थप छलफलको आवश्यकता रहेकोले छलफलका लागि समितिमा पठाउन माग गरेको थियो । तर सभामुख डोलप्रसाद अर्यालले मस्यौदालाई समितिमा लैजानुपर्ने विषय नरहेको भन्दै प्रक्रिया अघि बढाउनुभएको थियो । सो मस्यौदा समिति राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता गणेश पराजुलीको संयोजकत्वमा रहेको थियो ।

रिटमा प्रतिनिधि सभा, संसद सचिवालय, सभामुख अर्याल, मस्यौदा समिति संयोजक पराजुली र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाइएको रिटको मस्यौदाकार अधिवक्ता राजु कटुवालले जानकारी दिनुभयो ।रिटमा उल्लेखित प्रावधानहरु बदर गरी कार्यान्वयन नगर्न आदेश दिन माग गरिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सम्पत्ति जाँचबुझ आयोगलाई सर्वोच्चको अन्तरिम आदेश

सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सम्पत्ति जाँचबुझ आयोगलाई सर्वोच्चको अन्तरिम आदेश

काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता

काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

चुलिँदै तनाव – सार्वजनिक सेवा प्रसारण संस्था

चुलिँदै तनाव – सार्वजनिक सेवा प्रसारण संस्था

गणेश नेपालीको मृत्यु सम्बन्धी घटना अध्ययन गर्न छानविन समिति गठन

गणेश नेपालीको मृत्यु सम्बन्धी घटना अध्ययन गर्न छानविन समिति गठन

गणेश नेपालीको घटनालाई राजनीतिक बहसको विषय नबनाउन गगन थापाको आग्रह

गणेश नेपालीको घटनालाई राजनीतिक बहसको विषय नबनाउन गगन थापाको आग्रह

जलनबाट घाइते युवा गणेश नेपालीको उपचारको क्रममा निधन

जलनबाट घाइते युवा गणेश नेपालीको उपचारको क्रममा निधन