चुलिँदै तनाव – सार्वजनिक सेवा प्रसारण संस्था

चुलिँदै तनाव – सार्वजनिक सेवा प्रसारण संस्था

एजेन्सी- संयुक्त राज्य अमेरिका र इरानबीचको सैन्य तनाव थप चुलिएको छ । अमेरिकाले इरानका विभिन्न लक्ष्यमा आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको जनाएको छ । यसबीच पूर्व इरानी सर्वोच्च नेता अली खमेनीलाई उहाँको गृहनगर मशहदमा अन्त्येष्टि गरिएको छ भने इजरायलले आवश्यक परे इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न तयार रहेको चेतावनी दिएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार खमेनीलाई मशहदस्थित इमाम रेजा मन्दिर परिसरको स्मारक हलमा दफन गरिएको हो । अन्त्येष्टिका क्रममा हजारौँ समर्थक सडकमा उत्रिएका थिए । धेरैले शिया परम्परामा प्रतिशोधको प्रतीक मानिने रातो झण्डा बोकेका थिए । राजधानी तेहरानबाट मशहदसम्मको रेल सेवा अमेरिकी आक्रमणका कारण मार्गमा क्षति पुगेको भन्दै अस्थायी रूपमा स्थगित गरिएको पनि सरकारी टेलिभिजनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पछिल्लो सुरक्षा अवस्थाबारे टेलिफोन संवाद गर्नुभएको नेतान्याहुको कार्यालयले जनाएको छ । दुवै देशबीच विभिन्न क्षेत्रमा निरन्तर समन्वय भइरहेको पनि कार्यालयको भनाइ छ ।

इरानी सञ्चारमाध्यमले बुसेहर बाहिर रहेको सैन्य मुख्यालय अमेरिकीइजरायली क्षेप्यास्त्रको निशानामा परेको दाबी गरेका छन् । यद्यपि एक अमेरिकी रक्षा अधिकारीले हाल अमेरिकाले इरानमाथि नयाँ आक्रमण नगरेको स्पष्ट पारेका छन् ।

इरानले बहराइन, कुवेत र कतारस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी दर्जनौँ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको जनाएको छ । अमेरिकी रक्षा अधिकारीका अनुसार ती अधिकांश आक्रमण रोकिएका वा प्रभावहीन बनेका कारण कुनै अमेरिकी सैनिक हताहत भएका छैनन् । बहराइनको राजधानी मनामामा विस्फोटका आवाज सुनिएपछि हवाई आक्रमणको साइरनसमेत बजाइएको थियो ।

यसैबीच इजरायली रक्षामन्त्री इजरायल काट्जले आवश्यक परे इरानविरुद्धको सैन्य अभियान अझ बलियो रूपमा पुनः सञ्चालन गर्न सेना पूर्ण तयारी अवस्थामा रहेको बताउनुभएको छ ।

जोर्डनले पनि आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठ इरानी क्षेप्यास्त्र खसालिएको जनाएको छ । सरकारी अधिकारीहरूका अनुसार उक्त घटनाबाट कुनै मानवीय वा भौतिक क्षति भएको छैन ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दुई दिनमा भएका अमेरिकी आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु र ७८ जना घाइते भएका छन् । दक्षिणी होर्मोजगान प्रान्तको सिरिक बन्दरगाहमा भएको छुट्टै अमेरिकी आक्रमणमा थप तीन जनाको मृत्यु र १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

उता विश्व शेयर बजारले भने तनावबीच पनि सकारात्मक प्रतिक्रिया देखाएको छ । अमेरिकी प्रविधि कम्पनीहरूको शेयरमा सुधार आएपछि नास्डाक सूचकाङ्क १.३ प्रतिशतले बढेको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा सामान्य गिरावट आएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

चुलिँदै तनाव – सार्वजनिक सेवा प्रसारण संस्था

चुलिँदै तनाव – सार्वजनिक सेवा प्रसारण संस्था

गणेश नेपालीको मृत्यु सम्बन्धी घटना अध्ययन गर्न छानविन समिति गठन

गणेश नेपालीको मृत्यु सम्बन्धी घटना अध्ययन गर्न छानविन समिति गठन

गणेश नेपालीको घटनालाई राजनीतिक बहसको विषय नबनाउन गगन थापाको आग्रह

गणेश नेपालीको घटनालाई राजनीतिक बहसको विषय नबनाउन गगन थापाको आग्रह

जलनबाट घाइते युवा गणेश नेपालीको उपचारको क्रममा निधन

जलनबाट घाइते युवा गणेश नेपालीको उपचारको क्रममा निधन

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने