गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौँ- सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने भएको छ ।

हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टिकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ (AIIMS) लैजाने तयारी गरिएको छ ।

बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार वीर अस्पताल पुग्नुभएको थियो । उहाँहरूले अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिनुभएको थियो ।

चिकित्सकसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उहाँहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा घाइते नेपालीलाई थप उपचारका लागि भारत लैजाने प्रक्रिया अघि बढाइएको हो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

नेप्से परिसूचक १९ अङ्कले घट्यो

नेप्से परिसूचक १९ अङ्कले घट्यो

राष्ट्रिय सभाबाट सहकारी (पहिलो संशोधन) विधेयक पारित

राष्ट्रिय सभाबाट सहकारी (पहिलो संशोधन) विधेयक पारित

त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका युवाको उपचार जारी

त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका युवाको उपचार जारी

प्रतिनिधि सभाबाट चार विधेयक सर्वसम्मतिले स्वीकृत

प्रतिनिधि सभाबाट चार विधेयक सर्वसम्मतिले स्वीकृत