नेप्से परिसूचक १९ अङ्कले घट्यो

नेप्से परिसूचक १९ अङ्कले घट्यो

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ६७ अङ्कले ओरालो लागेर दुई हजार ६०१ दशमलव ९२ को विन्दुमा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४९ अङ्कले ओरालो लागेर चार सय ५४ दशमलव १९ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव २१ अङ्कले घटेर एक सय ७८ दशमलव ६८ मा पुगेको छ । साथै सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९२ अङ्कले घटेर एक सय ५३ दशमलव ६७ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ८७ लाख ५१ हजार ३८० कित्ता शेयर रु चार अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ मूल्यमा खरिद बिक्री भएको छ ।

आज १३ वटै उपसमूह घटेका छन् । आज ४२ कम्पनीको शेयर मूल्य बढ्यो भने दुई सय २९ कम्पनीको शेयर घटेको छ ।

उपकार लघुवित्त वित्तीय संस्था, स्नो रिभर लिमिटेड र कुमारी सबल योजनाका लगानीकर्ताले आज कमाएका छन् भने विओके डिबेञ्चर, सल्पा विकास बैंक, थ्रिस्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

नेप्से परिसूचक १९ अङ्कले घट्यो

नेप्से परिसूचक १९ अङ्कले घट्यो

राष्ट्रिय सभाबाट सहकारी (पहिलो संशोधन) विधेयक पारित

राष्ट्रिय सभाबाट सहकारी (पहिलो संशोधन) विधेयक पारित

त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका युवाको उपचार जारी

त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका युवाको उपचार जारी

प्रतिनिधि सभाबाट चार विधेयक सर्वसम्मतिले स्वीकृत

प्रतिनिधि सभाबाट चार विधेयक सर्वसम्मतिले स्वीकृत

करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन

करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन

कुसोमको ‘सीईओ सम्मेलन’ भोलि शुक्रबार

कुसोमको ‘सीईओ सम्मेलन’ भोलि शुक्रबार