विधेयक पारित गर्ने दबाबमा सरकार

विधेयक पारित गर्ने दबाबमा सरकार




काठमाडौ– सरकारका तर्फबाट प्रतिनिधिसभामा दर्ता भइ राष्ट्रिय सभामा प्रस्तुत चारवटा विधेयकहरु आज पारित गर्नै पर्ने समयको दबाबमा सरकार पुगेको छ । अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन राष्ट्रिय सभाको बैठक डाकिएको छ ।

यसैगरी विधेयक छलफलका लागि पठाइएको विधायन व्यवस्थापन समितिले अध्यादेश प्रतिस्थापन गर्ने चारवटा विधेयकमाथि छलफल गर्दैछ । समयका दबाबबीच विधायन व्यवस्थापन समितिले एकैदिन चारवटा विधेयकमाथि छलफल टुङ्ग्याएर प्रतिवेदन तयार गरेर सभामा प्रस्तुत गर्नुपर्ने छ ।

सभाले प्रतिवेदनसहितको विधेयक निर्णयार्थ पेस गरी पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनुपर्ने तथा प्रतिनिधिसभाले समेत सो विषयलाई स्वीकार वा अस्वीकार गरेपछि सभामुखले प्रमाणित गरेर आजै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुपर्ने छ ।

संवैधानिक व्यवस्थाबमोजिम अध्यादेश जारी भएपछि निष्क्रिय वा खारेज नभएमा दुवै सदनको बैठक बसेको ६० दिनपछि स्वतः निष्क्रिय हुनेछ । यस अनुसार चारवटै अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक आजै राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने हुन्छ ।

राष्ट्रिय सभाले जारी गरेको आजको बैठकको संभावित कार्यसूचीमा विधायन समितिका सभापति कृष्णबहादुर रोकायाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त चारवटा विधेयकसंग सम्वन्धित प्रतिवेदन सभामा पेस गर्नुहुने उल्लेख छ ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएका सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, राष्ट्रिय सभामा असार १९ गते टेबुल भएको थियो ।

सभाको मङ्गलबारको बैठकले सैद्धान्तिक छलफलपछि सम्बन्धित मन्त्रीको प्रस्तावमा चारवटै विधेयक विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव स्वीकृत ग‍र्‍यो । राष्ट्रियसभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरु नभएको अवस्थामा यसअघि प्रस्तुत विधेयकहरु बहुमतले पारित गर्न नेपाली कांग्रेस र नेपाली क्म्युनिष्ट पार्टी सहितका दलले सहयोग गरेका थिए भने नेकपा एमाले विपक्षमा मत हालेको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रतिनिधि सभाबाट चार विधेयक सर्वसम्मतिले स्वीकृत

प्रतिनिधि सभाबाट चार विधेयक सर्वसम्मतिले स्वीकृत

करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन

करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन

कुसोमको ‘सीईओ सम्मेलन’ भोलि शुक्रबार

कुसोमको ‘सीईओ सम्मेलन’ भोलि शुक्रबार

प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय

प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय

चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का

चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी