नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ-धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक २४ दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार ६५१ दशमलव ६९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अङ्कले बढेर लागेर ४६० दशमलव ६१ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ७३ अङ्कले बढेर १८१ दशमलव ९६ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ५७ अङ्कले बढेर एक सय ५६ पुगेको छ । आज विभिन्न कम्पनीका ९५ लाख १९ हजार ४५२ कित्ता सेयर रु चार अर्ब ४० करोड सात लाख ५२ हजार ५४२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ वटै उपसमूहको सेयर बढेको छ ।

नेप्सेका अनुसार कलङ्गा हाइड्रो लिमिटेड, आरबिबी फोकस ४० म्युचुअल फण्ड, सानीगढ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, सिटिजन बैंकको डिबेञ्चरका लगानीकर्ताले भने गुमाएका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

मन्त्री लम्साल – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री लम्साल – सार्वजनिक सेवा प्रसारण संस्था

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

विश्वकपमा निष्पक्षतामाथि बहस – सार्वजनिक सेवा प्रसारण संस्था

विश्वकपमा निष्पक्षतामाथि बहस – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ विश्वविद्यालयले ‘सीईओ सम्मेलन’ गर्ने

काठमाडौँ विश्वविद्यालयले ‘सीईओ सम्मेलन’ गर्ने

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादी बनाइएका सबै दोषी ठहर

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादी बनाइएका सबै दोषी ठहर

मन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

यस्तो छ आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति (पूर्णपाठ)

यस्तो छ आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति (पूर्णपाठ)