युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी

युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी

काठमाडौँ-संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही आममाफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिजारी गर्दै उक्त आममाफीको सदाशयपूर्ण कदमलाई नेपाल र युएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ ।

आममाफीको निर्णय मन्त्रालयको निर्देशनानुुसार आबुधाबीस्थित नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र युएई सरकारले गरेको हो ।

माफीप्राप्त नेपाली नागरिक, अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नभएको अवस्थामा, युएईको प्रचलित कानुनबमोजिम आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विश्वकपमा निष्पक्षतामाथि बहस – सार्वजनिक सेवा प्रसारण संस्था

विश्वकपमा निष्पक्षतामाथि बहस – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ विश्वविद्यालयले ‘सीईओ सम्मेलन’ गर्ने

काठमाडौँ विश्वविद्यालयले ‘सीईओ सम्मेलन’ गर्ने

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादी बनाइएका सबै दोषी ठहर

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादी बनाइएका सबै दोषी ठहर

मन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

यस्तो छ आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति (पूर्णपाठ)

यस्तो छ आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति (पूर्णपाठ)

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त

युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी

युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी