दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारको समपूरक योजनामार्फत मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन लागिएको हो ।

म्याग्दीको पश्चिमी क्षेत्रको ब्यापारिक केन्द्र मानिने दरवाङमा विसं २०६४ मा सडक पुगेको थियो । रु एक करोड ६६ लाख ४९ हजार ७३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा रु एक करोड २६ लाख ८२ हजार ८८८ कबोलेको सापकोटा बिल्डर्ससँग २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको थियो ।

सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ग्राभेल, बेस र सबबेस राखेर गत सातादेखि बिटुमिन र चिप्स बिछ्याउन थालेको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । “यस योजनामार्फत दरवाङको तल्लो उल्लो बजार क्षेत्रमा एक किलोमिटर चार सय मिटर कालोपत्र गरिने छ”, उहाँले भन्नुभयो, “चालु आवभित्रनै सम्पन्न हुनुपर्ने योजना निर्माणमा ढिलाइ भएकाले ताकेता गरेका छाँै ।”

हुलाकचोक र तल्लो बजार क्षेत्रमा करिब ३०० मिटर कालोपत्र भइसकेको छ । उपल्लो बजार, धौलागिरि चोक र स्याउलीबजार क्षेत्रमा कालोपत्र गर्न बाँकी छ । यही असार १५ गतेभित्र ठेक्का सम्झौताको समय सीमाभित्र निर्माण सम्पन्न नभएकाले व्यवसायीले म्याद थपको लागि निवेदन दिएका छन् । इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धि तथा व्यस्त सडकमा यातायात ब्यवस्थापनका कारण ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधीको भनाइ छ ।

सडक विस्तार र कालोपत्र भएपछि सवारीसाधन आवतजावत सहज हुने स्थानीयवासीको भवीराज फगामीले बताउनुभयो । “सडक आएको १९ वर्षपछि कालोपत्र हुन लागेकोमा खुसी भएका छौँ”, उहाँले भन्नुभयो, “कालोपत्र भएपछि हिलो र धुलोको समस्या हटेर बस्ती सफा हुने अपेक्षा गरेका छौँ ।”

तीव्र रुपमा बस्ती विकास भएको दरवाङ बजारको भित्रि सडक साँघुरा हुँदा सवारीसाधन आवतजावत असहज हुनुका साथै दुर्घटनाको जोखिम छ । स्थानीय बासिन्दाले सडकलाई फराकिलो पार्न स्वस्फुुर्त रुपमा घरको पेटी र टहरा भत्काएका छन् । यसपालि धौलागिरि टोलका ३६ र नयाँ बजार टोलका ३१ वटा घरको पेटी र टहरा भत्काएका हन् ।

विस्तार गरेपछि सडक फराकिलो बनेको छ । यसअघि गत वर्ष हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुुङ्गे पुलतर्फ सडकको दायाँ र बायाँ पर्ने संरचना हटाएर करिब ४०० मिटर लामो नाली निर्माण भएको उपभोक्ता समितिका सचिव कृष्ण आचार्यले बताउनुभयो । दरवाङमा ३०० बढी घरपरिवारको बसोबास रहेको छ । जनप्रिय मावि रहेको टोलमा दुई वर्षअघि गण्डकी प्रदेश सरकारमार्फत कालोपत्र भएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

विश्वकपमा निष्पक्षतामाथि बहस – सार्वजनिक सेवा प्रसारण संस्था

विश्वकपमा निष्पक्षतामाथि बहस – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ विश्वविद्यालयले ‘सीईओ सम्मेलन’ गर्ने

काठमाडौँ विश्वविद्यालयले ‘सीईओ सम्मेलन’ गर्ने

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादी बनाइएका सबै दोषी ठहर

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादी बनाइएका सबै दोषी ठहर

मन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

यस्तो छ आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति (पूर्णपाठ)

यस्तो छ आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति (पूर्णपाठ)

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त