सरकारको १०० दिनका प्रमुख उपलब्धि सार्वजनिक

सरकारको १०० दिनका प्रमुख उपलब्धि सार्वजनिक

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्य अवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

मन्त्री पोख्रेलले सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत रहेको जानकारी दिनुभयो । १०० बुँदे कार्यसूचीको ७० वटा बुँदा कार्यान्वयन भइसकेको र बाँकी ३० बुँदामध्ये १७ बुँदाको प्रगति ८० प्रतिशत माथि रहेको र १३ बुँदाको प्रगति ६० प्रतिशतभन्दा कम रहेको उहाँको भनाइ छ ।

मन्त्री पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचापत्रमा उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको बताउनुभयो । त्यसबाट वार्षिक करिब २० अर्ब रुपैया राज्य कोषमा बचत हुने अनुमान गरिएको उहाँको भनाइ छ ।

यसैगरी अन्य विभिन्न सरकारी संरचनाहरु खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढाउने काम गरिएको, राजनीतिक दल निकट ट्रेड युनियन, विद्यार्थी सङ्गठन खारेजी लगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको मन्त्री पोख्रेलले जानकारी दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल

एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

सरकारको १०० दिनका प्रमुख उपलब्धि सार्वजनिक

 जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज  

उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता,सरकारी सेवा घरघरमा

नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता,सरकारी सेवा घरघरमा

सरकारको १०० दिनका प्रमुख उपलब्धि सार्वजनिक

सरकारको १०० दिनका प्रमुख उपलब्धि सार्वजनिक

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री