एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले एक करोड ४८ लाख रुपैयाँ बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी मानिसलाई विभिन्न प्रलोभन देखाइ ठगी गर्ने र सो रकमलाई अभौतिक मुद्रामा साटेर अवैध कारोबार गरेको आरोपमा भक्तपुर मध्यपुर थिमी–५ का २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ प्रजापतिले हालसम्म रु एक करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ ४६ पैसा बराबरको अभौतिक मुद्राको कारोबार गरेको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो ।

पक्राउ प्रजापतिको विभिन्न डिजिटल खातामा सात हजार ४८५ अमेरिकी डलर (नेपाली रुपैयाँ करिब ११ लाख ४१ हजार ९८३) मौज्दात रहेको फेला परेको प्रवक्ता भट्टराईले बताउनुभयो । पक्राउ उनलाई जल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी मानिन्छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत

शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत

एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल

एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

 जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज  

 जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज  

उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता,सरकारी सेवा घरघरमा

नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता,सरकारी सेवा घरघरमा

 जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज  

सरकारको १०० दिनका प्रमुख उपलब्धि सार्वजनिक