एजेन्सी- इरानी नेताहरूले शुक्रबार दिवङ्गत सर्वोच्च नेता अली खामेनीप्रति श्रद्धाञ्जलि अर्पण गर्न तेहरानमा जुटेका छन् ।
उहाँ मध्यपूर्व युद्ध निम्त्याएको अमेरिका–इजरायलको हवाई हमलामा मारिनुभएको थियो । तेहरानले उहाँको अन्त्येष्टिका लागि व्यापक तयारी गरिरहेको छ ।
खामेनीको शव शुक्रबार तेहरानको ‘ग्रान्ड मोसल्ला’मा पु¥याइएको छ, जहाँ लाखौँ मानिसहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
विदेशी उच्च पदाधिकारीहरूको समूहले पनि शनिबारको औपचारिक समारोहमा भाग लिने छन् । अमेरिकासँगको वार्तामा तेहरानका प्रमुख वार्ताकारले उहाँको मृत्युको बदला लिन ठूलो उपस्थितिको आह्वान गरेका छन्।
एएफपीका तस्बिरहरूमा शोकाकुलहरूले इरानको त्रिरङ्गी झण्डाले सजिएको खामेनीको शवको ताबुत बोकेर ग्रान्ड मोसल्लामा प्रवेश गरेको देखिन्छ। यो इस्लामिक गणतन्त्रको सबैभन्दा महत्वपूर्ण समारोह स्थलमध्ये एक हो।
अन्य तस्बिरहरूमा कालो पोशाकमा समूह समूहमा मानिसहरू अन्त्येष्टिपूर्वको श्रद्धाञ्जलि समारोहमा देखिएका थिए । त्यहाँ ताबुत रातो फूलहरू र हावामा उडिरहेका सेता पुतलीहरूको पृष्ठभूमिमा राखिएको थियो।
राष्ट्रिय टेलिभिजनले शुक्रबार दिउँसो इरानी राष्ट्रपति मसूद पेजेश्कियानले सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफसँगै श्रद्धाञ्जलि अर्पण गरेको फुटेज प्रसारण गरेको थियो ।
फेब्रुअरीमा युद्ध सुरु भएयता पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थिति देखिएका रिभोलुसनरी गार्डका प्रमुख अहमद वहिदी पनि श्रद्धाञ्जलिका लागि अन्त्येष्टिपूर्वको श्रद्धाञ्जलि समारोहमा देखा पर्नुभएको थियो ।
शहर ठूलो संख्यामा आगन्तुकहरू स्वागत गर्न तयार भइरहेको एक ६१ वर्षीया शिक्षिका एज्जत शोईले एएफपीलाई बताउनुभयो यसका लागि तेहरानवासीले ‘राजधानी बाहिरबाट आउनेहरूलाई स्वागत गर्न घरहरू तयार पारेको बताउनुभयो ।
शोईले भन्नुभयो, “भगवान्को इच्छाअनुसार हामी सबै मिलेर हाम्रो प्रिय नेतालाई अन्तिम विदाई दिन जानेछौँ।”
तेहरानको बाहिरी भागमा भीडको व्यवस्थापनका लागि एउटा ठूलो पार्कलाई शिविरमा रूपान्तरण गरिएको छ जहाँ सयौँ रेड क्रिसेन्टका टेन्टहरू खडा गरिएका छन्।
इरानी नागरिकहरूले सोमबार शवयात्राको तयारी गर्दै ‘आजादी एभेन्यू’बाट सबै अवरोधहरू हटाइरहेका छन् । यो सडक हुँदै दिवङ्गत नेताको अन्त्येष्टिपूर्व शव यात्रा गरिनेछ ।
अमेरिका–इरान वार्तामा मुख्य मध्यस्थकर्ता पाकिस्तानले आफ्ना प्रधानमन्त्री शहबाज शरीफ समारोहमा उपस्थित हुने बताएको छ।
चीन, अफगानिस्तान र ककेशस क्षेत्रका इरानका छिमेकी देशहरूले पनि प्रतिनिधि पठाउने बताएका छन् ।
गालिबाफले बिहीबार सबै इरानी जनतालाई इरानको इतिहासमा गौरवपूर्ण गाथा लेख्न’ उपस्थितिका लागि आह्वान गर्नुभएको थियो ।
“इरानको बदला लिने आह्वान संसारभरि शत्रुका कानमा गुञ्जनुपर्छ,” इरानी संसद्का सभामुख गालिबाफद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
धेरै शिया सम्प्रदायका लागि आध्यात्मिक व्यक्तित्व खामेनी ८६ वर्षको उमेरमा राजधानीको केन्द्रमा रहेको आफ्नो आवासमा भएको हमलामा मारिनुभएको थियो ।
उहाँको शव तीन दिनसम्म विशाल ग्रान्ड मोसल्लामा राखिनेछ । उहाँसँगै पूर्व सर्वोच्च नेता अलि खामेनीसँगै मारिएका उहाँका आफन्तहरूको शव पनि त्यहाँ राखिनेछ ।
गालिबाफले यसलाई ‘इरानको इतिहासको सबैभन्दा महत्वपूर्ण क्षणहरू मध्ये एक’ भएको बताउनुभएको छ।
समारोहअघि एएफपीका संवाददाताहरूले तेहरान सामान्यभन्दा शान्त रहेको रिपोर्ट गरेका छन्। सामान्यतया व्यस्त सडकहरू तेहरानको प्रसिद्ध ट्राफिकबाट मुक्त थिए।
तेहरानका साथै अन्त्येष्टि र दफनका पछिल्ला चरणहरू आयोजना गर्ने पवित्र शहर कोम र मशहदले अन्त्येष्टि समारोहका क्रमका तीन दिन सार्वजनिक बिदा दिएका छन् ।
अधिकारीहरूले तेहरानका सार्वजनिक तथा निजी कार्यालयहरूलाई शनिबारदेखि सोमबारसम्म बन्द गर्न आदेश दिएका छन्। ट्राफिक प्रतिबन्धले शहरको धेरै भाग निजी सवारी आवतजावतमा पहुँच नदिने निर्णय प्रशासनले गरेको छ।
तेहरानमाथिको हवाई क्षेत्र शुक्रबारदेखि आंशिक रूपमा र सोमबार पूर्ण रूपमा बन्द हुनेछ।
तेहरानका समारोहपछि खामेनीको शवलाई इराकको पवित्र शहर नजफ र करबला लगिनेछ र जुलाई ९ मा उहाँको जन्मस्थल मशहदको इमाम रेजा मन्दिरमा दफन गरिनेछ ।
इरानका वर्तमान् सर्वोच्च नेता तथा खामेनीका छोरा (उत्तराधिकारी) मोज्तबा तेहरानको मुख्य समारोहमा उपस्थित हुने वा नहुने अझै थाहा छैन।
अन्त्येष्टिमा ३० भन्दा बढी देशका प्रतिनिधिहरू उपस्थित हुने अपेक्षा गरिएको बताइएको छ । छिमेकी इराक, अफगानिस्तान र पाकिस्तानबाट ठूलो सङ्ख्यामा नेता तथा शुभेच्छुकहरू आउने बताइएको छ।।

