भारतीय सहयोगमा पुनर्निर्माण गरिएको जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड

भारतीय सहयोगमा पुनर्निर्माण गरिएको जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरस्थित ऐतिहासिक जेष्ठ वर्ण महाविहारलाई युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गतको ‘अवार्ड अफ मेरिट’ हस्तान्तरण गरिएको छ ।

महाविहार परिसरमा आयोजित एक विशेष समारोहबिच उक्त पुरस्कार हस्तान्तरण गरिएको हो ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिलाई धातुपट्टिका र आधिकारिक प्रमाणपत्र हस्तान्तरण गर्नु भयो ।

समारोहमा स्थानीय समुदाय, इन्डियन नेशनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक) का प्रतिनिधि, सम्पदा संरक्षणविद् तथा नेपाल सरकारका अधिकारीहरूको सहभागिता थियो ।

२०७२ सालको भूकम्पपछि भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान कार्यक्रमअन्तर्गत करिब १३ करोड ७८ लाख रुपैयाँको लागतमा महाविहारको संरक्षण कार्य सम्पन्न भएको हो ।

परियोजनामा प्राविधिक परामर्शदाताका रूपमा इन्ट्याकले नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (सीएलपीआईयू) र स्थानीय समुदायसँग समन्वय गरेर काम गरेको थियो ।

पुनर्स्थापित महाविहारको उद्घाटन २०८० चैत ९ गते गरिएको थियो ।

युनेस्कोले जेष्ठ वर्ण महाविहार परियोजनालाई समुदाय–केन्द्रित संरक्षण, ऐतिहासिक नेवारी काष्ठकला तथा परम्परागत वास्तुकलाको संरक्षणसँगै आधुनिक भूकम्पीय सुरक्षा प्रविधिको प्रभावकारी संयोजन गरेको भन्दै सन् २०२५ को अवार्डका लागि छनोट गरेको हो । संरक्षण अवधिभर रैथाने नेवार बौद्ध समुदायका धार्मिक तथा सांस्कृतिक गतिविधिहरू अवरुद्ध हुन नदिई काम सम्पन्न गरिएको युनेस्कोले विशेष उल्लेख गरेको छ ।

कार्यक्रममा भारतीय दूतावासका नियोग उपप्रमुख डा. पाण्डेले जेष्ठ वर्ण महाविहार परियोजनाले नेपाल र भारतबिचको गहिरो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो । उहाँले सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनर्स्थापनामा नेपाल सरकारसँग आगामी दिनमा पनि सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै ललितपुरका मेयर चिरीबाबु महर्जनले महाविहार संरक्षणमा भारत सरकारले पुर्‍याएको सहयोगको प्रशंसा गर्दै नगरका अन्य सम्पदा पुनर्स्थापनामा पनि भारतीय सहयोग निरन्तर रहेको उल्लेख गर्नुभयो । जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिका प्रतिनिधिहरूले समयमै आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्दै पुनर्स्थापित महाविहार नेपाल–भारत मित्रता र समुदायको उत्थानशीलताको प्रतीक बनेको बताउनुभयो ।

२०७२ सालको गोरखा भूकम्पपछि भारत सरकारले नेपालको पुनर्निर्माणका लागि १ अर्ब अमेरिकी डलर बराबरको सहायता प्रतिबद्धता जनाएको थियो ।

यसअन्तर्गत हालसम्म ५० हजार निजी आवास, ७० विद्यालय, एक पुस्तकालय, १२२ स्वास्थ्य संस्था तथा १७ सांस्कृतिक सम्पदा स्थलको पुनर्निर्माण सम्पन्न भइसकेको भारतीय राजदूतावासले जनाएको छ ।

यसबाहेक अन्य थप विद्यालय, स्वास्थ्य संस्था र सम्पदा पुनर्निर्माणका परियोजनाहरू विभिन्न चरणमा रहेका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

इरानका सर्वोच्च नेता स्वर्गीय अली खामेनीको अन्त्येष्टि समारोहको तयारी

इरानका सर्वोच्च नेता स्वर्गीय अली खामेनीको अन्त्येष्टि समारोहको तयारी

१७ जना घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

१७ जना घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा

अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

नगर प्रहरीहरु नै पक्राउ परेपछि गौशाला नगरपालिकाका सबै सेवा बन्द

नगर प्रहरीहरु नै पक्राउ परेपछि गौशाला नगरपालिकाका सबै सेवा बन्द