नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८ दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ६६१ दशमलव ७१ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८९ अङ्कले उकालो लागेर ४६२ दशमलव ४७ मा पुगेको छ । फ्लोट सूचक शूल्य दशमलव ९९ अङ्कले बढेर १८२ दशमलव ६१ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ३९ अङ्कले बढेर १५६ दशमलव ६८ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ८९ लाख ६४ हजार २२३ कित्ता सेयर रु चार अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर बढ्यो भने अन्य आठ उपसमूहको सेयर मूल्य घटेको छ ।

नेप्सेका अनुसार अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी, खलगा हाइड्रोपावर कम्पनी, स्नोरिभर लिमिटेड र सानीगाढ हाइड्रोपावर कम्पनीले कमाएका छन भने एनआइसी एसिया डिबेञ्चर, भुजुङ हाइड्रोपावर, सामुदायिक लघुवित्त संस्था लिमिटेड, सिवाइसी लघुवित्त संस्थालगायत कम्पनीको सेयर मूल्य घटेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त

गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त

शासकीय सुधारमा सञ्चार मन्त्रालयको उल्लेखनीय उपलब्धि

शासकीय सुधारमा सञ्चार मन्त्रालयको उल्लेखनीय उपलब्धि

कर्णालीमा पानीको बहाव बढेपछि डुबेको गाडी उद्धारमा कठिनाइ

कर्णालीमा पानीको बहाव बढेपछि डुबेको गाडी उद्धारमा कठिनाइ

रसुवागढी नाकाको मितेरी पुलबाट सवारी सञ्चालन

रसुवागढी नाकाको मितेरी पुलबाट सवारी सञ्चालन

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

ट्रम्पविरुद्ध एकताबद्ध बन्दै युरोप – सार्वजनिक सेवा प्रसारण संस्था

ट्रम्पविरुद्ध एकताबद्ध बन्दै युरोप – सार्वजनिक सेवा प्रसारण संस्था