नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि

नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि

काठमाडौँ, १७ असारः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ५९ अङ्कले उकालो लागेर दुई हजार ६५२ दशमलव ९३ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ७७ अङ्कले उकालो लागेर ४५८ दशमलव ५७ मा पुगेको छ । कूल ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर रु तीन अर्ब ८६ करोड ११ लाख ८३ हजार चार सय १० मूल्यमा खरिद बिक्री भएको छ । आज सबै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कारोबारका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्स, आँखु खोला जलविद्युत् कम्पनी, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट र एनआइएमबी डिवेञ्चर २०९० शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, स्नो रिभर लिमिटेड, सिवाइसी नेपाल लघुवित्त, भुजुङ हाइड्रोपावर, कुर्थली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, एनएमबी डिवेञ्चर, धौवागिरी लघुवित्त, अप्पर स्याङ्गे हाइड्रोपावर र महालक्ष्मी डिवेञ्चरका लगानीकर्ताले भने गुमाएका छन् ।

आजको कारोबारमा २५२ कम्पनीको शेयर मूल्य बढ्दा १७ कम्पनीको मात्रै घटेको छ । यस्तै, छ वटा कम्पनीको भने कुनै परिवर्तन भएन ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि

नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो-आयल निगम

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो-आयल निगम

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

सुस्ता लगायत नेपाल-भारत सिमाको विषय टुंग्याउन द्विपक्षीय संयन्त्र मार्फत कूटनीतिक पहल जारी

सुस्ता लगायत नेपाल-भारत सिमाको विषय टुंग्याउन द्विपक्षीय संयन्त्र मार्फत कूटनीतिक पहल जारी

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन