सुस्ता लगायत नेपाल-भारत सिमाको विषय टुंग्याउन द्विपक्षीय संयन्त्र मार्फत कूटनीतिक पहल जारी

सुस्ता लगायत नेपाल-भारत सिमाको विषय टुंग्याउन द्विपक्षीय संयन्त्र मार्फत कूटनीतिक पहल जारी

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भारतबीच सुस्ता, लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको र द्विपक्षीय संयन्त्र ‘बाउन्ड्री वर्किङ ग्रुप’ र त्यस अन्तर्गतका संयन्त्रको बैठक निरन्तर हुने गरेको बताउनु भएको छ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफमा उहाँले सुस्तामा निर्माणाधीन अन्दाजी एक किलोमिटर तटबन्ध निर्माण कार्य भइरहेका सम्बन्धमा भारतीय पक्षबाट कुनै आपत्ति नरहेको जनाएको उहाँले उल्लेख गर्नुभयो ।

सांसदहरुले उठाउनु भएको प्रश्नको जवाफमा मन्त्री खनालले मुस्ताङमा रहेको युरोनियम खानी उत्खननका सम्बन्धमा हालसम्म कोही कसैसँग सहमति एवं सम्झौता नभएको स्पष्ट पार्नुभएको छ । प्रारम्भिक अध्ययनका क्रममा खानी रहेको भन्ने जानकारी प्राप्त भए पनि उत्खननका लागि कुनै पनि प्रकारको सहमति नभएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय सभाकै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले यात्रु सङ्ख्या कम भएका कारण कालीकोटको सुनथराली विमानस्थलमा नियमित उडान हुन नसकेको बताउनुभएको छ ।

बैठकमा सांसदहरुले राख्नुभएको जिज्ञासामा मन्त्री पौडेलले ‘ल्यान्ड फ्याक्टर’ अर्थात् यात्रु सङ्ख्याको उपलब्धताका कारण विमानस्थलमा नियमित उडान हुन नसकेको बताउनुभयो ।

यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको आजको बैठकमा सभामा उठेका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको थियो । राष्ट्रिय सभाको अर्को बैठक असार १८ गते बिहीबार १ः१५ बजे बस्ने छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

सुस्ता लगायत नेपाल-भारत सिमाको विषय टुंग्याउन द्विपक्षीय संयन्त्र मार्फत कूटनीतिक पहल जारी

सुस्ता लगायत नेपाल-भारत सिमाको विषय टुंग्याउन द्विपक्षीय संयन्त्र मार्फत कूटनीतिक पहल जारी

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

७५ जिल्लामा हुलाकमार्फत सरकारी सेवा घरदैलोमा, ५ हजारभन्दा बढी राहदानी घरमै वितरण

७५ जिल्लामा हुलाकमार्फत सरकारी सेवा घरदैलोमा, ५ हजारभन्दा बढी राहदानी घरमै वितरण

सञ्चारमन्त्रीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतद्वारा शिष्टातार भेटवार्ता

सञ्चारमन्त्रीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतद्वारा शिष्टातार भेटवार्ता

वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ