इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ- इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने पुष्टि गर्दै इरानी प्रतिनिधिमण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने जनाइएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले तेहरानले नयाँ राजनीतिक वार्ता सुरु गर्नुको सट्टा विद्यमान एमओयूको प्राविधिक कार्यान्वयनलाई कडाइका साथ प्राथमिकता दिएको स्पष्ट पारेको तसनीम समाचार एजेन्सीले जनाएको छ ।

इरान सम्झौता कार्यन्वयनमा प्रतिवद्ध रहको विषयमा जोड दिदै बाघाईले इरानको एक विशेषज्ञ प्रतिनिधिमण्डल यस हप्ता कतारको दोहामा पठाइने घोषणा गर्नु भएको छ ।

सम्झौता अनुरुप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको पुष्टि गर्दै, बाघाईले इरानले सम्झौताको अनुच्छेद –११ मा ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यावहारिक कार्यान्वयनलाई पछ्याइरहेको ताउनु भएको छ । जसले इरानको वित्तीय सम्पत्तिहरूको व्यवस्थापन र नियन्त्रण गर्दछ ।

अमेरिकी प्रतिनिधिहरूद्वारा कतारको भ्रमण इरानी प्रतिनिधिमण्डलको कार्यभारसँग पूर्ण रूपमा “असम्बन्धित“ भएको भन्दै बाघाईले यो समयमा थप कूटनीतिक कार्यक्रमहरू गर्ने बारे भएको अनुमानलाई अस्वीकार गर्नु भएको छ ।

तास्निम समाचार एजेन्सीका अनुसार अन्तिम सम्झौतामा वार्ताको सम्भावित सक्रियताको बारेमा सोधिएको प्रश्नमा बाघाईले प्रक्रिया अझै सुरु नभएको उल्लेख गर्दै अहिलेसम्म अन्तिम सम्झौताका लागि वार्ताको चरणमा प्रवेश नगरेको बताउनु भएको छ ।

उहाँले सहमति अन्तर्गत अन्तिम सम्झौताका लागि औपचारिक वार्ता गर्दा विशेष गरी धारा १,४,५,१० र ११ को सफल पहल र दिगो कार्यान्वयन आवाश्यक रहेको कुरामा जोड दिनु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कतारको दोहामा मङ्गलबार इरानसँग उच्चस्तरीय कूटनीतिक वार्ता हुने घोषणा गरे पछि अमेरिकी विशेष दूत स्टिभ विटकोफ कतारको दोहा जाँदै गर्दा उहाँको यस्तो टिप्पणी आएको हो ।

दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले विटकोफ हाल कतारको राजधानीको यात्रामा रहेको बताएको छ ।

यसै बीच, इरानका राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले जवाफ दिएमा इरानले पनि आफ्नो प्रतिबद्धतालाई मुर्त रुप दिने बताउनु भएको छ ।

सोमबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै पेजेस्कियनले आपसी समझदारी दुईतर्फी मार्ग दर्शन भएको बताउँदै यदि अमेरिकी पक्षले सम्झौताको पालना गरे पछि आफुहरु पनि सम्झौता प्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनचाँदीको मूल्य घट्यो – सार्वजनिक सेवा प्रसारण संस्था

सुनचाँदीको मूल्य घट्यो – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित

राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित

विदेशी आवासीय अनुमति लिएका कर्मचारीलाई कारबाही सिफारिस

विदेशी आवासीय अनुमति लिएका कर्मचारीलाई कारबाही सिफारिस

३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिने साउदी अरब सरकारको निर्णय

३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिने साउदी अरब सरकारको निर्णय

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण

घरआधारित श्रमिकको अधिकार सुनिश्चित गर्न जोड

घरआधारित श्रमिकको अधिकार सुनिश्चित गर्न जोड

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न स्थानीय प्रशासनको आग्रह

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न स्थानीय प्रशासनको आग्रह