पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि असार १६ गते सुनुवाइ हुने

पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि असार १६ गते सुनुवाइ हुने

काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही असार १६ गते हुने भएको छ ।

पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार १० गते अदालतमा रिट निवेदन दिनु भएको थियो ।

उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार १६ गते सुनुवाइ गर्ने आदेश दिएको हो ।

उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी यही असार ९ गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो ।

विशेष अदालतले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेता पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

आधुनिक ‘रक बोल्टिङ’ र ‘एङ्करिङ’ प्रविधिबाट पहिरो नियन्त्रण गरिँदै

आधुनिक ‘रक बोल्टिङ’ र ‘एङ्करिङ’ प्रविधिबाट पहिरो नियन्त्रण गरिँदै

पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि असार १६ गते सुनुवाइ हुने

पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि असार १६ गते सुनुवाइ हुने

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

पदाधिकारी चयनका लागि मतदान जारी

पदाधिकारी चयनका लागि मतदान जारी