नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको उम्मेदवारकोस्क्रिनिङजारी छ । चितवनको भरतपुरमा भइरहेको सो महाधिवशेनमा ९९ केन्द्रीय सदस्यका लागि ३७० भन्दा बढीको उम्मेदवारी परेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्यको उम्मेदवारको सूची टुङ्गो लगाएर अहिले दाबीविरोधको कार्यक्रम जारी छ”, उहाँले रासससँग भन्नुभयो, “दाबी विरोध र उम्मेदवारी फिर्ता लिन चाहनेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अन्तिम सूची प्रकाशित हुनेछ ।”

उम्मेदवारको विवरण रुजु गरेर विद्युतीय भोटिङ मेसिनमा प्रविष्ट गर्ने काम पनि सँगसँगै भइरहेको छ । दिवा खानापछि मतदानमा प्रवेश गर्ने अनुमान छ । सभापतिको पदमा भने रवि लामिछानेको एकल उम्मेदवारी परेको छ ।

मतदानका लागि ८० वटा विद्युतीय उपकरण तयारी अवस्थामा राखिएका छन् भने नमुना मतदानका निम्ति पाँच वटा उपकरण प्रयोग गरिनेछ । विभिन्न ‘क्लस्टर’बाट पनि उम्मेदवार कायम भएकाले मतदानमा अतिरिक्त समय लाग्ने देखिएको छ । मतदान पूरा भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो ।

विदेशमा रहेका प्रतिनिधिले मोबाइलमार्फत मतदान गर्नेछन् । महाधिवेशन प्रतिनिधि भने चार हजार बढी छन् ।

महाधिवेशनस्थलमा केन्द्रीय सदस्यका उम्मेदवारले प्रचारप्रसार जारी राखेका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान सुरु हुनुअघि मौन अवधि तोकिएको छ । त्यतिबेला उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

आजै रातिसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको निर्वाचन सम्पन्न गरेर दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने तयारी गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो । दोस्रो चरणमा दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी छ जनाको निर्वाचन हुनेछ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

 रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन