आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी- लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ ।

प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०८३/ ८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कार्यसूचीअनुसार आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेस गर्नुहुनेछ । प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिनुहुनेछ ।

त्यसैगरी बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कार्कीले ‘आव २०८३/ ८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि सभामा पेस गर्नुहुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

हात्ती प्रजनन केन्द्रको निरीक्षण, स्थानीयसँग भेटघाट

हात्ती प्रजनन केन्द्रको निरीक्षण, स्थानीयसँग भेटघाट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

इजिप्ट समूह जीको शीर्ष स्थानमा – सार्वजनिक सेवा प्रसारण संस्था

इजिप्ट समूह जीको शीर्ष स्थानमा – सार्वजनिक सेवा प्रसारण संस्था

आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

बन्द सत्र आजदेखि, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल हुँदै

बन्द सत्र आजदेखि, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल हुँदै

दुर्लभ कुसुण्डा जातिलगायतका संस्कृति संरक्षणमा जोड

दुर्लभ कुसुण्डा जातिलगायतका संस्कृति संरक्षणमा जोड

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी