रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै




भरतपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

भरतपुरस्थित सिएटी होटलमा दिउँसो १ः०० बजे बस्ने बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक सङ्गठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो ।

बैठकले महाधिवेशनका लागि आवश्यक तयारीको अन्तिम समीक्षा गर्दै विभिन्न प्रस्तावमाथि निर्णय गर्ने उहाँले बताउनुभयो । रास्वपाले भोलिदेखि चितवनमा आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन आयोजना गर्दैछ । महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ ।

महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयनसँगै भावी राजनीतिक कार्यदिशा र सङ्गठन विस्तारसम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने गौतमले बताउनुभयो ।

चितवनमा हुन लागेको महाधिवेशनलाई रास्वपाले आफ्नो सङ्गठनात्मक विकास र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अमेरिकाद्वारा अष्ट्रेलिया पराजित – सार्वजनिक सेवा प्रसारण संस्था

अमेरिकाद्वारा अष्ट्रेलिया पराजित – सार्वजनिक सेवा प्रसारण संस्था

पोखराको लेकसाइडमा खानेपानी समस्या – सार्वजनिक सेवा प्रसारण संस्था

पोखराको लेकसाइडमा खानेपानी समस्या – सार्वजनिक सेवा प्रसारण संस्था

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

केही स्थानमा हल्का वर्षाको सम्भावना

केही स्थानमा हल्का वर्षाको सम्भावना

बागमती नदीमा जलउत्पन्न विपद् उद्धार अभ्यास सम्पन्न

बागमती नदीमा जलउत्पन्न विपद् उद्धार अभ्यास सम्पन्न

कर्णाली प्रदेशसभाः बजेटमाथिको छलफल जारी

कर्णाली प्रदेशसभाः बजेटमाथिको छलफल जारी

दुई लाख ३१ हजार ७ सय ७० जना परीक्षार्थी उत्तीर्ण

दुई लाख ३१ हजार ७ सय ७० जना परीक्षार्थी उत्तीर्ण