विपी राजमार्ग सहज सवारी सञ्चालनको पर्खाइमा, ४३ प्रतिशत काम सकियो

विपी राजमार्ग सहज सवारी सञ्चालनको पर्खाइमा, ४३ प्रतिशत काम सकियो

काठमाडौँ-  झण्डै दुई वर्ष अघि रोशी खोलामा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनाएको विपी राजमार्गको सिन्धुली खण्डमा पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

सडक डिभिजन कार्यालय खाल्टेका अनुसार सिन्धुलीको नेपालथोकदेखि बर्खे खोलासम्म करिब पाँच किलोमिटर सडक पुनर्निर्माणको काम हालसम्म ४३ प्रतिशत सम्पन्न भइसकेको छ।

२०८१ साल असोज १२ र १३ गतेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले विपी राजमार्गका विभिन्न भाग कटान गरी बगाएको थियो।

बाढीका कारण देशकै महत्वपूर्ण मार्गमध्ये एक विपी राजमार्ग प्रभावित बनेको थियो। पुनर्निर्माण सुरु भएपछि भने निर्माण कम्पनीले तीव्र गतिमा काम अघि बढाएको छ।

सडक डिभिजन कार्यालय खाल्टेका प्रमुख पारस हमालका अनुसार यस वर्षको वर्षायामदेखि नै पुनर्निर्माण गरिएको सडकबाट सवारी सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ।

“सिन्धुलीतर्फ बर्खाको समयमा सवारी आवागमन रोक्न नपर्ने गरी निर्माण कार्य भइरहेको छ,” उहाँले भन्नुभयो, “हाल करिब एक सय २० मिटर क्षेत्रमा मात्र पर्खाल निर्माण गर्न बाँकी छ। त्यहाँ पनि सवारी सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ।”

उहाँका अनुसार अधिकांश स्थानमा सुरक्षात्मक पर्खाल (वाल) निर्माण सम्पन्न भइसकेको छ भने ग्राभेल भर्ने तथा सडक सतह तयार गर्ने कार्य जारी रहेको छ।

जोखिमयुक्त क्षेत्रमा मजबुत संरचना निर्माण गरिएकाले आगामी वर्षायाममा पनि सडक सुरक्षित रहने विश्वास गरिएको छ।

नेपालथोकदेखि बर्खे खोलासम्मको करिब पाँच किलोमिटर सडक पुनर्निर्माणका लागि ६१ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। उक्त निर्माण कार्यको जिम्मा खरिढुङ्गा घिसिङ एण्ड क्षितिज जेभीले लिएको छ।

निर्माण कम्पनीले आगामी असार मसान्तसम्म सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्यसहित दिनरात काम गरिरहेको जनाएको छ।

विपी राजमार्ग राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने प्रमुख सडक सञ्जालमध्ये एक हो।

विशेषगरी सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक हुँदै दैनिक हजारौं सवारी साधन सञ्चालन हुने यस राजमार्गमा बाढीले पुर्याएको क्षतिले यात्रु तथा व्यवसायिक क्षेत्रलाई ठूलो असर पारेको थियो।

हाल भइरहेको पुनर्निर्माण कार्य सम्पन्न भएपछि राजमार्ग थप सुरक्षित, व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।

सम्बन्धित निकायका अनुसार निर्माणको गति यथावत् रहेमा आगामी वर्षायाममा यात्रुले विगतजस्तो सास्ती भोग्नुपर्ने अवस्था रहने छैन।।

Source link

संबधित खबर

धेरै पढ़िएको

राष्ट्रियसभाबाट विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत

राष्ट्रियसभाबाट विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत

विपी राजमार्ग सहज सवारी सञ्चालनको पर्खाइमा, ४३ प्रतिशत काम सकियो

विपी राजमार्ग सहज सवारी सञ्चालनको पर्खाइमा, ४३ प्रतिशत काम सकियो

बैतडीको छेलामा बस दुर्घटना, १ जनाको मृत्यु, १० जना घाइते

बैतडीको छेलामा बस दुर्घटना, १ जनाको मृत्यु, १० जना घाइते

सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता

सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा गोपालप्रसाद भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा गोपालप्रसाद भट्ट नियुक्त

बर्डफ्लु सङ्क्रमणपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

बर्डफ्लु सङ्क्रमणपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

टोकियो विद्यालयमा आगलागी, ३०० जनाको सुरक्षित उद्धार

टोकियो विद्यालयमा आगलागी, ३०० जनाको सुरक्षित उद्धार