शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ– माननीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्वीटजरल्याण्डका महामहिम राजदूत ड्यानिएल मेउली (म्बलष्भििभ ःभगधथि) ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उहाँहरुबीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र स्विस सरकारले नेपालको शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग तथा शिक्षा क्षेत्रमा फराकिलो साझेदारिता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ ।

स्वीटजरल्याण्ड नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा लामो समयदेखि सहयोग गर्दै आइएको विकास साझेदार हो । विशेष गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) को क्षेत्रमासहयोग गर्दै आएको छ ।

नेपालमा स्विस सरकारको सपोट एजेन्सी ‘स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड को अपरेसन’ (एसडिसी) को सहयोगमा सिटीइभिटीमार्फत तीन परियोजना ‘नेश्नल भोकेश्नल क्वालिफिकेस सिस्टम’, इन्ह्यान्सड स्किल फर सस्टेनेवल एन्ड रिवार्डिङ इम्प्लोइमेन्ट’ र क्वालिटी टेक्निकल एन्ड भोकेश्नल एजुकेशन एन्ड टे«निङ फर युथ’ सञ्चालनमा रहेका छन् ।

भेटमा शिक्षामन्त्री पोखरेलले नेपाल र स्वीटजरल्याण्डबीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकास तथा शिक्षा क्षेत्रमा स्वीटजरल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिनुभयो ।

उहाँले सिटीइभिटी सम्बन्धी ऐनको मस्यौदाको प्रक्रियामा रहेको र प्राविधिक शिक्षालाई समय सान्दर्भिक बनाउन विज्ञ समूहबाट राय परामर्श लिइरहेको यसलाई छिट्टै संसदमा पेश गर्ने तयारी रहेको जानकारी गराउनुभयो ।

मन्त्री पोखरेलले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा स्विस सरकारले उपलब्ध गराउँदै आएको सहयोगको निरन्तरताको अपेक्षा गर्नुभयो ।
सरकारको प्राथमिकता र आगामी कार्यक्रमबारे जानकारी गराउँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले स्वीटजरल्याण्ड सरकार कोतर्फबाट प्रविधि शिक्षामा मात्र नभएर आगामी दिनमा डिजिटाइजेशन, समावेशी शिक्षालगायत क्षेत्रमा पनि स्विस सरकारसँग सहकार्य गर्न सकिने धारणा राख्नुभयो ।

मन्त्री पोखरेलले नेपाल सरकारले सातै प्रदेशमा विशेष अटिजम विद्यालय स्थापना गर्ने नीति अनुरूप काम अघि बढिरहेको तथा डिजिटाइजेसन, समावेशी शिक्षाको क्षेत्रमा सहयोग र सहकार्यको संभावना रहेको कुरा व्यक्त गर्नुभयो ।

उहाँले विद्यालयतहदेखिनै रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने र काठमाडौँ महानगरपालिकामा सञ्चालित ‘बुकफ्रि फ्राइडे’ कार्यक्रम प्रभावकारी रहेको र त्यसलाई पाठ्यक्रममै राखेर देशभर विस्तार गर्ने योजना रहेको जानकारी गराउँदै, प्राविधिक शिक्षालाई प्राथमिकता दिएर अगाडि बढ्नेगरी सरकार लागि परेको उल्लेख गर्नुभयो ।

उक्त भेटमा महामहिम राजदूत ड्यानिएल मेउलीले नेपालको शिक्षा क्षेत्रमा स्वीटजरल्याण्ड सरकारले गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपाल सरकारले लिएको अवधारणालाई जहिले पनि सहयोग तथा सहकार्य गर्न स्विस सरकार तयार रहेको बताउनुभयो । राजदूत मेउलीले हाल शिक्षा क्षेत्रमा सञ्चालनमा रहेका तीन वटा परियोजनालाई एउटै बनाएर थप प्रभावकारी बनाउने गरी अघि बढ्ने शिक्षामन्त्रीसमक्ष जानकारी गराउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना