लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौँ- लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ । कमलपोखरीस्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी चारखाल, डिल्लीबजार, पुतलीसडक, हात्तीसार चोक हुँदै आयोगको कार्यालयमा पुगेर समापन भएको थियो ।

प्रभातफेरीको समापनमा आयोगका अध्यक्ष माधव रेग्मीले एक पटकका लागि शैक्षिक योग्यतामा सुविधा दिने, पुरानालाई अवसर दिने र आन्तरिक प्रतिस्पर्धा गर्ने भन्ने विषयलाई आयोगले स्वीकार नगर्ने बताउनुभयो । “त्यो भनेको प्रतिस्पर्धात्मक सिद्धान्तका विपरीतका विषयहरू हुन्, प्रतिस्पर्धात्मक छनोटको सुनिश्चितता लोक सेवा आयोगको मूल मर्म हो”, उहाँले भन्नुभयो ।

‘लोक सेवा आयोगको प्रतिबद्धता, प्रतिस्पर्धात्मक छनोटको सुनिश्चितता’ लाई आयोगले मूल मन्त्र मानेको उहाँको भनाइ छ ।

आयोगले नेपालको संविधानअनुसार निजामतीका साथै सरकारी र सुरक्षा निकाय र सङ्गठित संस्थाहरूको पनि पदपूर्तिको जिम्मेवारी बहन गर्दै आइरहेको अध्यक्ष रेग्मीले बताउनुभयो ।

“सबैभन्दा सम्मानित र सबैको विश्वास आर्जन गरेको संस्था भएको हुनाले यसलाई निजामती मात्रै होइन, अब सङ्गठित संस्था र सुरक्षा निकायको पनि जिम्मेवारी दिनुपर्छ भनेर नेपालको संविधानले सङ्गठित संस्था र सुरक्षा निकायको समेत चाहिँ जिम्मेवारी आयोगलाई दिएको छ,” उहाँले भन्नुभयो ।

प्रभातफेरीमा आयोगका सदस्य र कर्मचारीहरूको सहभागिता थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले

युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

इरानमा शान्ति सम्झौताको विरोध – सार्वजनिक सेवा प्रसारण संस्था

इरानमा शान्ति सम्झौताको विरोध – सार्वजनिक सेवा प्रसारण संस्था

औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो