नियन्त्रण गर्न स्वयमसेवक परिचालन गरिने – सार्वजनिक सेवा प्रसारण संस्था

नियन्त्रण गर्न स्वयमसेवक परिचालन गरिने – सार्वजनिक सेवा प्रसारण संस्था

खोटाङ- बाँदरपीडित किसानले जन्तेढुङ्गा गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । वर्षभरी खानका लागि आफूले लगाएको अन्नबाली बाँदरले सखाप बनाएर उठिवास बनाएको जनाउँदै गाउँपालिकाका किसानले शुक्रबार चिसापानीस्थित गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

प्लेकार्ड बोकेर नाराबाजीसहित गाउँपालिकाको कार्यालय चिसापानी बजार पुगेका किसानले आफूहरुको माग गाउँपालिकाले पूरा नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उनीहरुले गाउँपालिका प्रमुख अरुणादेवी राई र उपप्रमुख खेमबहादुर खड्कालाई भेटेर बाँदर आतङ्कलाई दीर्घकालीन समाधानको उपाय अपनाउन माग गरेका छन् ।

गाउँपालिकाको कार्यालय घेराउपछि आयोजना गरिएको छलफल कार्यक्रममा सहभागी स्थानीय सूर्य राईले ‘कि जनता पाल, कि बाँदर पाल, बाँदर पाल्ने हो भने जनता विस्थापित हुनुपर्छ’ भन्दै आक्रोश पोख्नुभएको छ । “बाँदरले बाँच्न दिने अवस्था छैन । वर्षभरी खानका लागि लगाइएको अन्नबाली बाँदरले सखाप पार्छ”, उहाँले भन्नुभयो, “ जनता ठूलो कि बाँदर ठूलो भनेर छुट्याउनुपर्ने अवस्था आएको छ । बाँदर पाल्ने हो भने जनतालाई माग सम्बोधन गर्न अनुरोध गर्छौँ । बाँदर र जनतासँगै बाँच्न सक्ने अवस्था छैन ।”

बाँदरपीडित किसानसँगको छलफलमा सहभागी गाउँपालिका उपप्रमुख खड्काले बाँदर नियन्त्रणका लागि गाउँपालिकाले गत वर्षबाटै बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ । “बाँदरले धेरै किसानलाई दुःख दिएको छ । त्यसलाई नियन्त्रण गर्न गत वर्षबाटै बजेको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “बाँदरले दुःख दियो भन्दैमा मार्न पाउने अधिकार छैन । नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गर्न बजेट विनियोजन गरेका छौँ । अहिलेसम्म किसानले सम्पर्क गरेका छैनन् ।”

बिरोध प्रदर्शनमा सहभागी हुन गाउँपालिकाका छवटै वडाका किसान घण्टौँ हिँडेर गाउँपालिकाको कार्यालय चिसापानी पुगेका थिए । बिरोध प्रदर्शनपछि आयोजित छलफलमा सहभागी किसानले आफूहरुको अन्नबाली तथा फलफूल नष्ट गर्ने बाँदरलाई जसरी भएपनि मार्न पाउने अधिकार दिन माग गरेका छन् ।

किसानले आफूलाई दुःख दिने बाँदर मार्न पाउनुपर्ने माग गरेपनि प्रचलित कानुनले त्यो अधिकार नदिएकाले समस्या भएको गाउँपालिका प्रमुख राईले बताउनुभएको छ । “बाँदरलाई बचाएर किसानलाई मार्ने पक्षमा गाउँपालिका छैन । तर, बाँदर मार्न पाउने अधिकार नेपालको कानूनमा यल्लेख छैन”, उहाँले भन्नुभयो, “बाँदर नियन्त्रण गर्ने वैकल्पिक उपायहरु खोजिरहेका छौँ । यसका लागि गत वर्षबाटै बजेट उपलब्ध गराउँदै आएका छौँ । अब बन्ने नीति तथा कार्यक्रममा पनि यो कार्यक्रम समावेश हुन्छ ।”

पछिल्लो समय जिल्लाका दशवटै स्थानीय तहमा बाँदर आतङ्क फैलिएको पाइएको छ । जङ्गलमा पाइने बाँदर गाउँ पसेर किसानले लगाएका अन्नबाली तथा फलफूल नष्ट गर्न थालेपछि उनीहरु हैरान बनेका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा बाँदर आतङ्क मच्चिएपछि स्थानीय किसानले गत चैत–१६ गते हलो–कोदालोसहित दिक्तेलमा बिरोध प्रदर्शन गरेका थिए । घरेलु औजारसहित बिरोध प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालय खोटाङमा धर्ना बसेका किसानलाई प्रशासनले तपाई (किसान)को माग सम्बन्धित निकायमा पुर्‍याएर सहयोग गर्ने आश्वसन दिएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्यारातालः सीमाको पीडादेखि संरक्षणको उदाहरण

प्यारातालः सीमाको पीडादेखि संरक्षणको उदाहरण

नियन्त्रण गर्न स्वयमसेवक परिचालन गरिने – सार्वजनिक सेवा प्रसारण संस्था

नियन्त्रण गर्न स्वयमसेवक परिचालन गरिने – सार्वजनिक सेवा प्रसारण संस्था

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

नेपाल–भारत सीमापार रेलमार्गसम्बन्धी परियोजना सञ्चालन समिति तथा संयुक्त कार्य समूहको बैठक सम्पन्न

नेपाल–भारत सीमापार रेलमार्गसम्बन्धी परियोजना सञ्चालन समिति तथा संयुक्त कार्य समूहको बैठक सम्पन्न

पौवादुङमाका किसान अदुवा खेतीमा आकर्षित

पौवादुङमाका किसान अदुवा खेतीमा आकर्षित

तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै

तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै