नेपाल–भारत सीमापार रेलमार्गसम्बन्धी परियोजना सञ्चालन समिति तथा संयुक्त कार्य समूहको बैठक सम्पन्न

नेपाल–भारत सीमापार रेलमार्गसम्बन्धी परियोजना सञ्चालन समिति तथा संयुक्त कार्य समूहको बैठक सम्पन्न

काठमाडौँ  –  नेपाल र भारतबीच सीमापार रेलमार्गसम्बन्धी चलिरहेका परियोजनाको कार्यान्वयन तथा रेल क्षेत्रको समग्र द्विपक्षीय सहयोगको समीक्षा गर्न आयोजित परियोजना सञ्चालन समितिको १०औँ तथा संयुक्तकार्य समूहको आठौँ बैठक आज सम्पन्न भएको छ ।

बैठकमा दुवै पक्षले भारत सरकारको अनुदान सहयोगमा विकास भइरहेको भारत–नेपालबीचको जयनगर–बिजलपुरा–बर्दिबास तथा जोगबनी–विराटनगर ब्रोडगेज रेलमार्गको कार्यान्वयन प्रगतिबारे छलफल गरेका यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

जनकपुर–अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालन प्रारम्भ गर्न आवश्यक मानक सञ्चालन कार्यविधि, रक्सौल–काठमाडौँ ब्रोडगेज रेलमार्गको अन्तिमस्थान निर्धारण सर्वेक्षण प्रतिवेदन, पूर्व–पश्चिम रेलमार्गका लागि प्राविधिक सहयोग तथा थप रेलमार्ग सम्पर्क विस्तारसम्बन्धी विषयमा पनि बैठकमा छलफल भएको थियो ।

दुवै पक्ष रेल क्षेत्रको सहयोगलाई थप सुदृढ बनाउन निकट समन्वय र सहकार्यलाई निरन्तरता दिन सहमत भएका दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्यारातालः सीमाको पीडादेखि संरक्षणको उदाहरण

प्यारातालः सीमाको पीडादेखि संरक्षणको उदाहरण

नियन्त्रण गर्न स्वयमसेवक परिचालन गरिने – सार्वजनिक सेवा प्रसारण संस्था

नियन्त्रण गर्न स्वयमसेवक परिचालन गरिने – सार्वजनिक सेवा प्रसारण संस्था

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

नेपाल–भारत सीमापार रेलमार्गसम्बन्धी परियोजना सञ्चालन समिति तथा संयुक्त कार्य समूहको बैठक सम्पन्न

नेपाल–भारत सीमापार रेलमार्गसम्बन्धी परियोजना सञ्चालन समिति तथा संयुक्त कार्य समूहको बैठक सम्पन्न

पौवादुङमाका किसान अदुवा खेतीमा आकर्षित

पौवादुङमाका किसान अदुवा खेतीमा आकर्षित

तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै

तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै