भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू

भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू

काठमाडौँ-  भारत सरकारको सहयोगमा कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-४ मा जनज्योति माध्यमिक विद्यालयको भवन निर्माण गरिने भएको छ ।

भारत सरकारको करिब रु नौ करोड ३० लाखको आर्थिक सहयोगमा निर्माण हुन लागेको भवनको आज शिलान्यास गरिएको हो ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामार्फत गरिने भारतीय दूतावासले जनाएको छ । यो कालिकोट जिल्लाकै पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीसहित अन्य सरोकार भएका निकायका प्रतिनिधिले भारत सरकारद्वारा प्रदान गरिएको विकास सहयोगको प्रशंसा गर्नुभयो । उहाँहरूले नयाँ पूर्वाधारले गाउँपालिकाभित्रका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइ वातावरण सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले श्रव्य दृश्य (भिडियो) सन्देशमार्फत उक्त परियोजनाका सम्पूर्ण सरोकार भएकाहरूलाई शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमको सुरुवात भएयता भारत सरकारद्वारा नेपालका सबै प्रदेश र ७४ वटा जिल्ला समेट्ने गरी करिब ६०० वटा परियोजनाहरू सञ्चालन गरिएका छन् । तीमध्ये १८ वटा परियोजना कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा सञ्चालित छन् ।

यसका अतिरिक्त, भारत सरकारले कालिकोटमा चार एम्बुलेन्स र दुई वटा स्कुल बससहित कर्णाली प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई ५६ एम्बुलेन्स र १४ स्कुल बस उपहार स्वरूप प्रदान गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय

नेप्से परिसूचक चार अङ्कले घट्यो

नेप्से परिसूचक चार अङ्कले घट्यो

इरान-अमेरिका सम्झौता अन्योलमा – सार्वजनिक सेवा प्रसारण संस्था

इरान-अमेरिका सम्झौता अन्योलमा – सार्वजनिक सेवा प्रसारण संस्था

भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू

भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू

नेपाल आँखा अस्पताल आइतबार पनि खुला

नेपाल आँखा अस्पताल आइतबार पनि खुला

भारतीय अनुदानमा हुम्लामा अस्पताल भवन निर्माण सुरु

भारतीय अनुदानमा हुम्लामा अस्पताल भवन निर्माण सुरु

काभ्रेको बुचाकोटमा बस दुर्घटना, ८ जनाको मृत्यु, १६ घाइते

काभ्रेको बुचाकोटमा बस दुर्घटना, ८ जनाको मृत्यु, १६ घाइते