परराष्ट्रमन्त्री खनाल आगामी आइतबार चीन भ्रमणमा जानुहुने

परराष्ट्रमन्त्री खनाल आगामी आइतबार चीन भ्रमणमा जानुहुने

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपालचीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुने छ । साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नुहुनेछ ।

मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उहाँले छलफल गर्नुहुने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री खनालको सम्मानमा उक्त दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ । समारोहमा उहाँले नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ । मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय

नेप्से परिसूचक चार अङ्कले घट्यो

नेप्से परिसूचक चार अङ्कले घट्यो

इरान-अमेरिका सम्झौता अन्योलमा – सार्वजनिक सेवा प्रसारण संस्था

इरान-अमेरिका सम्झौता अन्योलमा – सार्वजनिक सेवा प्रसारण संस्था

भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू

भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू

नेपाल आँखा अस्पताल आइतबार पनि खुला

नेपाल आँखा अस्पताल आइतबार पनि खुला

भारतीय अनुदानमा हुम्लामा अस्पताल भवन निर्माण सुरु

भारतीय अनुदानमा हुम्लामा अस्पताल भवन निर्माण सुरु