सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै संसद्मा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद ललिताकुमारीले बङ्गलादेशमा रहेका रोहिङ्ग्या नेपाल आएकाकाले उनीहरूलाई फर्काउन माग गर्नुभयो । सांसद लक्ष्मीप्रसाद पोखरेलले शनिबार र आइतबार दुईदिने बिदा हटाउन माग गर्नुभयो ।

सांसद लिमा अधिकारी आचार्यले विराटनगर एकीकृत बस्ती नाम मात्रको बनेको र यस्तो सुकुमवासीको आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गरिनुपर्ने बताउनुभयो । सांसद विपिनकुमार आचार्यले शून्य समयमा सांसदले उठाएका विषय तत्काल सम्बन्धित मन्त्रालयमा पठाएर समाधानको प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद शोभा खनालले प्रदेश अस्पताल गोरखामा स्वास्थ्य उपकरण पठाउन माग गर्नुभयो । सांसद सन्दीप रानाले पाल्पामा औद्योगिक विकास हुँदा वातावरणमा समस्या आएको, सडक धुलाम्य भएर पशु चौपायाले घाँस खान नहुने अवस्था भएकाले औद्योगिक विकास गर्दा वातावरण नबिगार्न सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद समिना मियाँले स्वास्थ्य बीमा कार्यक्रम अझै उपक्षित भएकाले प्रभावकारी बनाउन माग गर्नुभयो । स्वास्थ्यमा गरिएको खर्च लगानी भएकाले यसलाई प्रभावकारी बनाउनुपर्ने भनाइ उहाँले राख्नुभयो ।

सांसद समीक्षा बास्कोटाले विगतमा भएका भ्रष्टाचारका काण्डको छानबिन गरी दोषीलाई कानुनी कारबाही गरिनुपर्ने बताउनुभयो । सांसद सरस्वती लामाले सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर, गुम्बालगायत धार्मिक स्थलमा डोजर चलाएकामा विरोध गर्दै भूमिहीनलाई उचित व्यवस्थापन गर्न ध्यानाकर्षण गराउनुभयो ।

सांसद सीता थपलियाले संसद्को गरिमा बढाउनेतर्फ सबै सदस्य गम्भीर हुनुपर्छ भन्नुभयो ।

सांसद सुजाता तामाङले शिक्षालाई प्रकृति र कृषिसँग जोड्नुपर्ने बताउँदै बालबालिकाले प्रकृति, माटो र बाहिरी वातावरणसँग भिज्ने गरी पाठ्यक्रम निर्माण गरी अध्ययन, अध्यापनको व्यवस्था मिलाउन माग गर्नुभयो ।

सांसद सुनिल केसीले बुधबार एक जना प्रतिपक्षी दलका नेताले प्रयोग गर्नुभएका शब्दप्रति विमति जनाउँदै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गर्नुभयो । सांसद सुन्दर खरेलले मर्यादामा रहेर आफ्ना धारणा सदनमा प्रस्तुत हुन सुझाव दिनुभयो ।

सांसद सुशील खड्काले बागलुङको अस्पताललाई जनशक्ति र उपकरणको व्यवस्था गर्न माग गर्नुभयो । सांसद सुशीला ढकालले रुग्ण उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयोभने सुषमा स्वर्णकारले स्थानीय पर्यटनलाई प्रवद्र्धन गर्नुपर्छ भन्नुभयो ।

सांसद सोम शर्माले प्रहरी चौकी भवनको सुधार गरिनुपर्ने बताउनुभयो । सांसद स्मृति सेन्चुरीले खरीढुङ्गा ‘म्याग्नेसाइट’ उद्योगको पुनःसञ्चालन गर्न माग गर्नुभयो । दोलखाको सीमा नाका बिगु गाउँपालिकाको फलाक नाका खोल्न पनि उहाँले सरकारको ध्यानकर्षण गराउनुभयो ।

सांसद हरिनादेवी कामीले बजेटमा बाल विकास शिक्षकको समस्या नसमेटिएकाले समावेश गर्न माग गर्नुभयो । सांसद क्षितिज थेवेले २०८० असारमा ताप्लेजुङ बाढीमा बगेका ६५ घरका स्थानीयलाई पुनःस्थापना गर्न माग गर्नुभयो ।

सांसद ज्ञानु पौडेलले नेपाली विद्यार्थी प्रकृति लम्सालको हत्याका विषयमा भारत उडिसा राज्य सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन सार्वजकि गराउन कूटनीतिक पहल गर्न माग गर्नुभयो । सांसद श्रद्धा कुँवर क्षत्रीले महिलालाई सुरक्षित रुपमा बाँच्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(एमाले) साजिदा खातुन सिद्धिकी श्रीधर पोखरेल, सुम्निमा उदास, सुरेशकुमार चौधरीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

–––

Source link

संबधित खबर

धेरै पढ़िएको

अर्घाखाँचीमा रासायनिक मलको विकल्प बन्दै प्रांगारिक मल

अर्घाखाँचीमा रासायनिक मलको विकल्प बन्दै प्रांगारिक मल

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना

हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित

हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित

प्यारातालः सीमाको पीडादेखि संरक्षणको उदाहरण

प्यारातालः सीमाको पीडादेखि संरक्षणको उदाहरण

नियन्त्रण गर्न स्वयमसेवक परिचालन गरिने – सार्वजनिक सेवा प्रसारण संस्था

नियन्त्रण गर्न स्वयमसेवक परिचालन गरिने – सार्वजनिक सेवा प्रसारण संस्था

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै