सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड

सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड

काठमाडौँ- विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तनका चुनौती, समुदायमा आधारित पूर्वतयारी तथा बहुपक्षीय साझेदारीको आवश्यकतामा सम्बन्धित विज्ञहरूले जोड दिनुभएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा कार्यरत प्रकोप पूर्वतयारी सञ्जाल (डिपिनेट) नेपालले आफ्नो ३०औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको तीन दशक विषयक कार्यक्रमका सहभागी वक्ताहरूले विगतका अनुभवलाई आधार बनाएर आगामी दिनमा पूर्वतयारी, सुशासन र जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा सञ्जय आचार्यले विपद् व्यवस्थापनमा व्यक्ति र परिवारस्तरदेखि नै सचेतना अभिवृद्धि गर्नुपर्ने तथा त्यसलाई समुदाय र संस्थागत संरचनासँग जोड्नुपर्ने बताउनुभयो । उहाँले व्यक्ति, परिवार, समुदाय, स्थानीय, प्रदेश र सङ्घीय सरकार, विकास साझेदार तथा नागरिक समाजबीचको समन्वयले मात्र प्रभावकारी विपद् व्यवस्थापन सम्भव हुने धारणा राख्नुभयो । जलवायु परिवर्तनको प्रभाव विशेषगरी हिमाली क्षेत्रमा तीव्र रूपमा देखापरेको उल्लेख गर्दै उहाँले जलवायु न्याय, अनुकूलन र जलवायु वित्तमा नेपालको पहुँच विस्तार गर्न अन्तरराष्ट्रिय पहल आवश्यक छ भन्नुभयो ।

एसोसिएसन अफ इन्टरनेसनल एनजिओज इन नेपाल (एआइएन)का अध्यक्ष डा एसपी कलाउनेले जलवायु परिवर्तन, सहरीकरण र वातावरणीय जोखिमका कारण विपद् व्यवस्थापनको क्षेत्र झन् जटिल बन्दै गएको उल्लेख गर्दै डिपीनेटजस्ता सञ्जालहरूको आवश्यकता अझ बढेको बताउनुभयो । समुदायलाई केन्द्रमा राखेर जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि अहिले पूर्वतयारी, जोखिम न्यूनीकरण तथा पुनस्र्थापनामा लगानी बढाइरहेको जानकारी दिनुभयो ।

डिपिनेट नेपालका अध्यक्ष डा वसन्तराज अधिकारीले विगतमा कम प्राथमिकतामा रहेका विपद् र जलवायु परिवर्तनका विषय अहिले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बहसका केन्द्रमा पुगेको उल्लेख गर्दै विज्ञान, प्रविधि तथा कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ र बिग डाटाजस्ता नवीन प्रविधिको उपयोग गर्दै जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनुपर्ने बताउनुभयो । उपाध्यक्ष केशवदत्त भट्टले डिपीनेटले विगत तीन दशकदेखि विपद् व्यवस्थापनलाई प्रतिक्रियात्मक अवस्थाबाट पूर्वतयारीमुखी दृष्टिकोणतर्फ लैजान महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । महासचिव सुरज गौतमले विगत ३० वर्षमा हासिल गरेका सिकाइलाई संस्थागत गर्दै समुदायसम्म पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रमको प्राविधिक सत्रअन्तर्गत जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँले मनसुन, तापलहर जोखिमसम्बन्धी प्रस्तुति दिँदै यस वर्ष देशका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको जानकारी दिँदै मनसुन, एल निनो तथा इन्डियन ओसन डाइपोलजस्ता जलवायु प्रणालीले नेपालमा वर्षाको अवस्था निर्धारण गर्ने बताउनुभयो ।

चट्याङविज्ञ सञ्जोग खनालले नेपालमा चट्याङबाट हुने मानवीय क्षति दक्षिण एसियाकै उच्चमध्ये रहेको बताउनुभयो । सन् २०२० देखि २०२५ सम्म नेपालमा तीन करोडभन्दा बढी चट्याङ स्ट्रोक अभिलेख भएको जानकारी दिँदै प्रभावकारी पूर्वसूचना प्रणाली, समुदायस्तरको तयारी र जनचेतनाले चट्याङबाट हुने क्षति न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति

पूर्वतिर सर्दै पानी पार्ने प्रणाली, सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै पानी पार्ने प्रणाली, सतर्कता अपनाउन आग्रह

राजदरवार हत्यकाण्डको छानवीन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय

राजदरवार हत्यकाण्डको छानवीन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय

सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष पदमा बस्ने हो ‍- मन्त्री पुन  

सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष पदमा बस्ने हो ‍- मन्त्री पुन  

विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि

विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि