धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण – सार्वजनिक सेवा प्रसारण संस्था

धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण – सार्वजनिक सेवा प्रसारण संस्था

काभ्रेपलाञ्चोक- विसं २०८१ असोजको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेलमा सञ्चालित बृहत् खानेपानी आयोजनाको पुनःनिर्माण गरिएको छ । त्यतिबेला पनौती नगरपालिका–१२ स्थित सप्तकन्या मुहान क्षेत्रलगायत भौतिक संरचना तथा पाइपलाइनमा ठूलो क्षति पुगेको थियो ।

धुलिखेल खानेपानी आयोजनाको ६० प्रतिशत र जर्मन सहयोग नियाग (जिआईजेड) को ४० प्रतिशत आर्थिक सहयोगमा पुनःनिर्माण सम्पन्न भएको नगरका कार्यबाहक प्रमुख निराजन जङ्गमले बताउनुभयो । उहाँका अनुसार बाढीले मुहान क्षेत्र खारखोलामा १५० मिटर मुख्य पाइप लाइनसमेत बगाएको थियो । त्यतिबेला धुलिखेलमा तीन महिना खानेपानी अवरुद्ध भएको थियो ।

आयोजना तीन करोड ५१ लाख रुपैयाँको लागतमा पुनःनिर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णभूषण खोजुले जानकारी दिनुभयो । गत वर्ष जेठ २० गते पुनःनिर्माण थालिएको थियो । यसका लागि सम्झौताअनुसार जर्मन सरकारबाट ६० प्रतिशत अर्थात् रु एक करोड ४५ लाख अनुदान प्राप्त भएको उहाँले बताउनुभयो ।

जर्मन सरकारले सन् १९९२ मा उक्त आयोजना निर्माणमा सहयोग गरेको थियो । बाढीपहिरोको क्षतिपछि नगरले जर्मन राजदुतावासलाई सहयोगका लागि अनुरोध गरेको थियो । प्राप्त सहयोग रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुुनःनिर्माण गरिएको हो ।

बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका तीन हजार ६०० परिवार खानेपानी सुविधाबाट वञ्चित भएका थिए । त्यतिबेला करिब रु २० लाख खर्चेर अस्थायी व्यवस्थापन गरी खानेपानीको व्यवस्था गरिएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण – सार्वजनिक सेवा प्रसारण संस्था

धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण – सार्वजनिक सेवा प्रसारण संस्था

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन

लामाखेतमा बस्ती संरक्षण योजना निर्माण

लामाखेतमा बस्ती संरक्षण योजना निर्माण

भीडभाड कम गर्न अदालतमा नयाँ नियम

भीडभाड कम गर्न अदालतमा नयाँ नियम

मुस्ताङ अस्पतालमा बढे बिरामी – सार्वजनिक सेवा प्रसारण संस्था

मुस्ताङ अस्पतालमा बढे बिरामी – सार्वजनिक सेवा प्रसारण संस्था

अण्डाको नयाँ मूल्य निर्धारण – सार्वजनिक सेवा प्रसारण संस्था

अण्डाको नयाँ मूल्य निर्धारण – सार्वजनिक सेवा प्रसारण संस्था