
गोरखा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक स्थिरताको बाटोमा अझै नआएको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाको ११ औँ जिल्ला अधिवेशनलाई आज सदरमुकाममा सम्बोधन गर्नुहुँदै उहाँले कुनै एउटा राजनीतिक दलले एउटा चुनाव जित्दैमा र अरुले हार्दैमा देशको समस्या समाधान नहुने बताउनुभयो ।
‘‘मुलक अझै पनि ठिक बाटो आइसकेको छैन्, उहाँले भन्नुभयो, एउटा राजनीतिक दलले चुनाव जित्दैमा र अन्य राजनीतिक दलहरुले चुनाव हार्दैमा देशको राजनीति स्थिर भएर जान्छ भन्ने कुरा गलत हो ।’’
उहाँले भर्खरै निर्वाचनमा पराजय व्यहोरेका दलले बहुमत प्राप्त दलप्रति अहिले नै प्रतिक्रिया दिने बेला भइनसकेको भएपनि पछिल्लो क्रियाकलापले सकारात्मक सन्देश नदिएको उल्लेख गर्नुभयो ।।

