परराष्ट्रमन्त्री खनालको तीन दिने भारत भ्रमण आजदेखि सुरु

परराष्ट्रमन्त्री खनालको तीन दिने भारत भ्रमण आजदेखि सुरु

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा जानुभएको छ । भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा भारतको तीनदिने औपचारिक भ्रमणकालागि त्यसतर्फ जानुभएको हो ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले उहाँका समकक्षी डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुनेछ ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साका रूपमा यस भ्रमणले नेपाल र भारतबीच रहीआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने सहयोग गर्ने विश्वास लिइएको छ ।

परराष्ट्रमन्त्री खनाल यही जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसैबीच, भारत भ्रमणमा रहनुभएका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्किंदै हुनुहुन्छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन

रास्वपा सभापति लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता

रास्वपा सभापति लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता

स्थानीय पूर्वाधार बनाउन परामर्श बैठक

स्थानीय पूर्वाधार बनाउन परामर्श बैठक

अध्यक्ष लिङ्देन – सार्वजनिक सेवा प्रसारण संस्था

अध्यक्ष लिङ्देन – सार्वजनिक सेवा प्रसारण संस्था

सीको उत्तर कोरिया भ्रमण – सार्वजनिक सेवा प्रसारण संस्था

सीको उत्तर कोरिया भ्रमण – सार्वजनिक सेवा प्रसारण संस्था

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान