पूर्वप्रधानमन्त्री कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

पूर्वप्रधानमन्त्री कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनुभएको छ ।

निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको यहाँ उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

“निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ । जनताले दिएको मतको सम्मान गर्दै उहाँहरुलाई काम गर्न दिनुपर्छ ।” पूर्वप्रधानमन्त्री कार्कीले भन्नुभयो ।

उहाँले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, सञ्चारकर्मीलगायतका भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम अवस्थाम सरकार, आयोग र सरोकारवालाको सहयोगमा कुनै हिंसात्मक घटनाबिना निर्वाचन सम्पन्न भएको बताउनुभयो ।

पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको विद्रोहको भावनाअनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई मुलुकका स्थायित्व कायम हुनुपर्नेमा जोड दिनुभयो ।

–––

Source link

संबधित खबर

धेरै पढ़िएको

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन

रास्वपा सभापति लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता

रास्वपा सभापति लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता

स्थानीय पूर्वाधार बनाउन परामर्श बैठक

स्थानीय पूर्वाधार बनाउन परामर्श बैठक

अध्यक्ष लिङ्देन – सार्वजनिक सेवा प्रसारण संस्था

अध्यक्ष लिङ्देन – सार्वजनिक सेवा प्रसारण संस्था

सीको उत्तर कोरिया भ्रमण – सार्वजनिक सेवा प्रसारण संस्था

सीको उत्तर कोरिया भ्रमण – सार्वजनिक सेवा प्रसारण संस्था

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान