जातीय छुवाछूत उन्मूलन दिवसमा रामेछापका १७ जना दलित सम्मानित

जातीय छुवाछूत उन्मूलन दिवसमा रामेछापका १७ जना दलित सम्मानित

रामेछाप– जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा रामेछापमा १७ जना दलित व्यक्तित्व सम्मानित भएका छन्। दलित समुदायको सामाजिक, शैक्षिक, सांस्कृतिक तथा सामुदायिक विकास तथा सामाजिक रूपान्तरणमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो।

नेपाल राष्टिय दलित समाज कल्याण संघ रामेछापको आयोजनामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, पत्रकार, अधिकारकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले जातीय विभेद अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक चेतना र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले संविधानले सुनिश्चित गरेका समानता र सामाजिक न्यायका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको बताउनुभयो।

उहाँले जातीय विभेदका घटनाप्रति प्रशासन गम्भीर रहेको समेत उल्लेख गर्नुभयो। रामेछापका प्रहरी प्रमुख सन्तुलाल प्रसाद जैसवालले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कुनै पनि गतिविधि कानुनविपरीत भएकाले यस्ता घटनामा संलग्नमाथि कानुनी कारबाही गरिने स्पष्ट पार्नुभयो। उहाँले सामाजिक सद्भाव र मानव अधिकारको सम्मान कायम राख्न सबै समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरेले दलित समुदायका मुद्दा र सरोकारलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाउँदै आएको उल्लेख गर्दै विभेदमुक्त समाज निर्माणमा सञ्चार क्षेत्रको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राख्नुभयो।

दलित अधिकारकर्मी रामचन्द्र विकले स्थानीय तहहरूले दलित समुदायको शिक्षा, रोजगारी, सीप विकास, उद्यमशीलता तथा नेतृत्व विकासका क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले नीति तथा कार्यक्रम निर्माणदेखि कार्यान्वयन तहसम्म दलित समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी